समकक्षी जनप्रतिनिधीबाट असुरक्षित छु भन्ने गाउँपालिका अध्यक्ष पार्टीबाट निलम्बित « Khabarhub

समकक्षी जनप्रतिनिधीबाट असुरक्षित छु भन्ने गाउँपालिका अध्यक्ष पार्टीबाट निलम्बित


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप- आफ्नै समकक्षीबाट असुरक्षित रहेको आरोप लगाउन गाउँ पालिका अध्यक्षलाई पार्टीले निलम्बन गरेको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई उनको पार्टी सत्तारुढ नेकपाले निलम्बन गरेको हो ।

खड्काले आफ्नै पार्टीबाट गाउँपालिकामा चुनिएका जनप्रतिनिधीबाट असुरक्षित रहेको आरोप लगाउँदै महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गरेका थिए।

गाउँपालिका उपाध्यक्ष र वडाअध्यक्षले गुन्डा प्रयोग गरेर आफूविरुद्ध षड्यन्त्र गरेको भन्दै खड्काले उजुरी गरेपछि महाशाखाले उनलाई ज्यान मार्नेसम्मको धम्की दिने व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

गोलिकान्डपछि खड्काले आफुलाई गाउँपालिकामा रहेका आफ्नै पार्टीका उपाध्यक्ष र वडाध्यक्षले योजनाबद्ध रुपमा सिध्याउने योजना बनाएको आरोप लगाएका थिए। खड्काले गाउँपालिका उपाध्यक्ष तथा नेकपा जिल्ला कमिटी सदस्य दीपशिखा दाहाल, नेकपाका अर्का नेता ध्रुव कार्की र वडा नम्बर ७ का वडाध्यक्ष सुवास बोहोराविरुद्ध किटानी जाहेरी दिएका थ‍िए ।

यता पार्टीले भने आपसी छलफल र सम्बादबाट समस्याको समाधान खोज्नुको साटो पार्टीको नीति र अनुशासनविपरित काम गरेर सहकर्मीहरुलाई झुठा मुद्दामा फसाउन पदको दुरुपयोग गरेको भन्दै पार्टीबाट निलम्बन गरेको छ ।

खड्कालाई नेकपाको प्रदेश कमिटीले कारबाही गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १ : २२ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण