कांग्रेसको प्रश्न– ७० हजार नागरिक डेंगुबाट प्रभावित हुँदा सरकार के हेरेर बसेको छ ? | Khabarhub Khabarhub

कांग्रेसको प्रश्न– ७० हजार नागरिक डेंगुबाट प्रभावित हुँदा सरकार के हेरेर बसेको छ ?


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना पेश गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस योजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरेकी हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद भुसालले ७० हजार भन्दा बढी नागरिकलाई सो रोगको संक्रमण हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोचना गरिन् ।
डेंगु नियन्त्रणका लागि सरकारले ठोस योजना बनाएर संसदमा पेश गर्न सरकारलाई रुलिङ गर्न सभामुख कृष्णबहादुर महरालाई उनले आग्रह गरिन् ।

कांग्रेस सचेत भुसालले जनस्वास्थ्यसँग जोडिएको यस्ता विषयमा सरकार किन गम्भिर नभएको ? भनि प्रश्न गरिन् ।
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेक्टर कन्ट्रोल नियन्त्रकहरुको पद खारेज गरेर हालसम्म पनि डेंगू नियन्त्रणका लागि गाउँगाउँ चिकित्सकहरुको टोली परिचालन हुन नसकेको भन्दै आपत्ति पनि जनाइन् ।

त्यसैगरी कांग्रेसकी  सांसद डिला संग्रौलाले पनि डेंगू रोगको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरिन् ।

चिकित्सकहरुका अनुसार हाल सो रोगको संक्रमणमा परी ३,५८० जना विरामीहरु अस्पतालमा भर्ना भएका छन् । त्यसै गरी सो रोगको संक्रमणबाट ४ जनाको ज्यान गईसकेको छ । सांसद संग्रौलाले महामारीको रुपमा फैलिन लागेको सो रोगको नियन्त्रणका सरकार गम्भिर नभएको आरोप लगाइन् ।

बैठकमा सत्तारुढ दल नेकपाका सांसद दामोदर भण्डारीले बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा चितुवाको आतंकबाट हालसम्म २४ जनाको ज्यान गएपनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको भन्दै आपत्ति जनाए । उनले सो गाउँपालिकामा चितुवाको आतंक कम गरेर जनताको जीवन रक्षाका लागि पहल गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  २ : १६ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने