कांग्रेसको प्रश्न– ७० हजार नागरिक डेंगुबाट प्रभावित हुँदा सरकार के हेरेर बसेको छ ? « Khabarhub

कांग्रेसको प्रश्न– ७० हजार नागरिक डेंगुबाट प्रभावित हुँदा सरकार के हेरेर बसेको छ ?


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना पेश गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस योजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरेकी हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद भुसालले ७० हजार भन्दा बढी नागरिकलाई सो रोगको संक्रमण हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोचना गरिन् ।
डेंगु नियन्त्रणका लागि सरकारले ठोस योजना बनाएर संसदमा पेश गर्न सरकारलाई रुलिङ गर्न सभामुख कृष्णबहादुर महरालाई उनले आग्रह गरिन् ।

कांग्रेस सचेत भुसालले जनस्वास्थ्यसँग जोडिएको यस्ता विषयमा सरकार किन गम्भिर नभएको ? भनि प्रश्न गरिन् ।
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेक्टर कन्ट्रोल नियन्त्रकहरुको पद खारेज गरेर हालसम्म पनि डेंगू नियन्त्रणका लागि गाउँगाउँ चिकित्सकहरुको टोली परिचालन हुन नसकेको भन्दै आपत्ति पनि जनाइन् ।

त्यसैगरी कांग्रेसकी  सांसद डिला संग्रौलाले पनि डेंगू रोगको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरिन् ।

चिकित्सकहरुका अनुसार हाल सो रोगको संक्रमणमा परी ३,५८० जना विरामीहरु अस्पतालमा भर्ना भएका छन् । त्यसै गरी सो रोगको संक्रमणबाट ४ जनाको ज्यान गईसकेको छ । सांसद संग्रौलाले महामारीको रुपमा फैलिन लागेको सो रोगको नियन्त्रणका सरकार गम्भिर नभएको आरोप लगाइन् ।

बैठकमा सत्तारुढ दल नेकपाका सांसद दामोदर भण्डारीले बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा चितुवाको आतंकबाट हालसम्म २४ जनाको ज्यान गएपनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको भन्दै आपत्ति जनाए । उनले सो गाउँपालिकामा चितुवाको आतंक कम गरेर जनताको जीवन रक्षाका लागि पहल गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  २ : १६ बजे

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज