एसिड आक्रमणबाट घाइते खातुनलाई भेट्न अस्पताल पुगे मातृका यादव र प्रभु साह « Khabarhub

एसिड आक्रमणबाट घाइते खातुनलाई भेट्न अस्पताल पुगे मातृका यादव र प्रभु साह


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य प्रभु साहले एसिड आक्रमणबाट घाइते भइ उपचाररत पर्साकी मुस्कान खातुनलाई भेटेका छन् ।

कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियूमा रहेकी खातुनलाई भेट्न पुगेका नेताद्वय यादव र साहले उनको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिए ।

मन्त्री यादवले भने, “म पनि यही छु, पार्टीका प्रदेश अध्यक्ष प्रभु साह पनि यहि हुनुहुन्छ । हामी यस विषयमा चिन्तित छौँ र यसलाई गम्भीरता पूर्वक लिएका छौँ । उपचारका लागि कुनै चिन्ता लिनुहुँदैन ।”

मन्त्री यादवले थपे “हामीले बहिनी मुस्कान खातुनलाई भेट्यौं । एउटा निर्दोष बालिकामाथि यसरी जुन आक्रमण भएको छ यो ठूलो अपराध हो । यस्ता खालका अपराधमा संलग्नलाई कुनै पनि हालतमा माफ गर सकिदैन । हदैसम्मको कारवाही गरिन्छ ।” यस्ता खालका अपराध देशको जुनसुकै हिस्सामा हुने गरेको जीकिर गर्दै मन्त्री यादवले घट्नालाई जोडेर कुनै क्षेत्र विशेषलाई बदनाम नबनाउन आग्रह गरे । सांसद साहले दोषीलाई कानुनबमोजिम कडा कारवाही गरी यस्ता घटना रोक्नका लागि पहल गर्नुपर्ने बताए ।

शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले वीरगञ्जको गणेशमानचोकमा खातुनमाथि एसिड प्रहार गरेका थिए । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-१३ श्रीपुर निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए । उनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ । नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर उनलाई काठमाडौं ल्याइएको छ र कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ३ : ३४ बजे

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा