सरकारको कार्यशैलीलाई लिएर सांसदले पोखे असन्तुष्टि « Khabarhub

सरकारको कार्यशैलीलाई लिएर सांसदले पोखे असन्तुष्टि


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका सांसद हृदयेश त्रिपाठीले न्यायोचित रुपमा कर निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले प्रतिव्यक्ति आयको अनुपातमा नेपाल करको दरमा सर्वाधिकमा पर्ने भन्दै उनले औचित्यपूर्ण करको व्यवस्था गर्न माग गरे । न्यायलयका दुईथरी निर्णयका कारण ठूलो मात्रामा राजश्व संकलन प्रभावित बनेको उल्लेख गर्दे उनले एनसेलबाट कर असुली गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले भने “कर उठाउने नै हो भने एनसेलसँग उठाऔँ । जसलाई अदालतले घरी उठाउने घरी रोक्ने भन्छ । त्यताबाट उठाऔ । अदालतकै फैसलाको आधारमा झण्डै ९ खर्ब राजश्व उठ्न बाँकी छ ।”

जनताबाट संकलित राजश्व विकास खर्चमा नलगाएर साधरण खर्चमा प्रयोग गर्दा सरकारको लोकप्रियतासँगै करको औचित्यमाथि पनि प्रश्न उठ्ने गरेको भन्दै उनले संकलित कर विकास खर्चमा प्रयोग गर्ने व्यवस्था मिलाउन माग गरे । सीमा क्षेत्रमा भारतबाट आउने गाडीलाई दिँदै आएको सुविधा कटौति गर्ने काम गरिएकोमा पनि उनले आपत्ती जनाए । अनलाईनको नाममा त्यस्ता सवारी साधनलाई दिँदै आएको सुविधा कटौती गर्ने कानुन सर्वसाधरणमाझ मूल्य वृद्धि र सामाजिक सद्भाव बिथोल्ने कानुनको रुपमा देखिएको आरोप पनि उनले लगाए ।

उनले स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला काठमाडौंको जग्गा अतिक्रमणको विषयमा अध्ययन गर्न पूर्व सचिव रामबहादुर आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएकोमा पनि आपत्ति जनाए । उक्त प्रतिवेदनमा १८ हजार ९ सय ४१ रोपनी, २ आना ३ पैसा जग्गा अतिक्रमित भएको उल्लेख भएको र अतिक्रमणमा उच्च वर्गकै संलग्नता रहेकाले उनीहरुकै दबाबमा सरकारले प्रतिवेदन सार्वजनिक गर्न नसकेको दाबी पनि गरे । उनले समिति गठन गर्ने, प्रतिवेदन बनाउने तर र सार्वजनिक नगर्ने परम्परागत रोगको अन्त्य गर्दै गिरिशचन्द्र लाल आयोग लगायत विगतका सपूर्ण अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

सांसद भिमसेनदास प्रधानले पशुपतिनाथको आरती कार्यक्रम भन्दा अगाडि नेपालको राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था समग्र धर्म, परम्परा तथा संस्कृति विरुद्ध भएको भन्दै निर्णय पुर्नविचार गर्न सरकारको ध्यानाकर्षण गराए । पशुपति आर्यघाटमा आरती मात्रै नभई दाहसंस्कार गर्ने मलामी तथा किरियापुत्रीहरु पनि हुने भएकाले दुःखको समयमा रहेका र दाहसंस्कारमा रहेकाहरुले राष्ट्रिय गान बज्दा सम्मानार्थ उभिन नसक्ने भन्दै उनले सरकारको निर्णयले राष्ट्रिय गानकै अनादर गरेको टिप्पणी गरे ।

उनले भने “बारम्बार किन सरकारले विवादित कुरा ल्याउँछ ? सरकारको अहिले यति साँख गिरेको छ । हामीलाई चिन्ता लागेको छ । यस्तै–यस्तै कारणले गणतन्त्रमाथि नेपाली जनताको अनास्था प्रकट भएको छ ।”

सरकारका पछिल्ला निर्णय पञ्चायतको पुनरावृत्ति जस्तो देखिएको भन्दै उनले जहाँ पायो त्यहाँ राष्ट्रिय गान बजाएर राष्ट्रिय गान प्रति सम्मान भन्दा अपमान हुने र गरिमा घटाउने काम भएको उल्लेख गर्दै त्यसतर्फ सरकारलाई सचेत गराए ।

केही दिन अघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिको आरती अगाडि राष्ट्रिय गान बजाउनुपर्ने भन्दै सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ३ : ४४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य