आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षामा शत प्रतिशत उत्तीर्ण « Khabarhub

आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षामा शत प्रतिशत उत्तीर्ण


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयुर्वेद चिकित्सकको पहिलो पटक भएको लाइसेन्सिङ परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलले भदौ १४ गते पहिलोपटक आयुर्वेदिक चिकित्सकको लाइसेन्स परीक्षा लिएको थियो । परीक्षामा सहभागी ६८ जना आयुर्वेद चिकित्सकहरु उत्तीर्ण भएका हुन् ।

पहिलो पटक लिएको परीक्षामै शतप्रतिशत आयुर्वेद डाक्टरहरु परीक्षामा सफल भएको काउन्सिलले जनाएको छ ।  गत भदौ १४ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा आइतबार प्रकाशित भएको हो ।

काउन्सिलले अब आयुर्वेद चिकित्सकको दर्ता प्रमाणप्रत्र (लाइसेन्स) परीक्षा प्रत्येक ६ महिनामा सञ्चालन गर्ने जनाएको छ । काउन्सिलमा दर्ता हुन बीएएमएस तह उत्तीर्ण गरी कम्तीमा ६ महिना इन्टर्नसीप गरेका आयुर्वेद चिकित्सकले परीक्षामा सहभागी हुन पाउनेछन् ।

यसअघि लाइसेन्स परीक्षा नदिइ आयुर्वेद चिकित्सकले लाइसेन्स पाउँदै आएका थिए । अब भने लाइसेन्सका लागि आयुर्वेदिक चिकित्सकले परीक्षा पास गर्नुपर्ने हुन्छ ।

हेर्नुस् नजिता

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ५ : १७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु