रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने « Khabarhub

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी बिहीबार (चैत्र १२ गते) बस्ने भएको छ। वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घण्टीघरमा बस्ने बैठकमा पार्टीका समसामयिक राजनीतिक विषय र आन्तरिक व्यवस्थापनका मुद्दामा छलफल गरिने बताइएको छ ।

पार्टी स्रोतका अनुसार बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

बैठकको प्रमुख कार्यसूचीमा संसदीय दलको नेतासम्बन्धी विषय रहेको छ । दलको नेतृत्वबारे छलफल गर्दै आवश्यक निर्णय लिने तयारी गरिएको बताइएको छ। यस विषयले पार्टीभित्र नेतृत्व चयन र आगामी राजनीतिक रणनीतिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

केन्द्रीय समिति बैठकलाई पार्टीको आगामी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ९ : २४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले