शेयर बजारः नेप्से दोहोरो अङ्कले घट्यो « Khabarhub

शेयर बजारः नेप्से दोहोरो अङ्कले घट्यो


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ बिन्दुले घटेर एक हजार १७८.४६ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले घटेर २५७.१३ बिन्दुमा पुगेको छ । नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहेको छ । आज कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता शेयर रु ३० करोड ५३ लाख १० हजार ७१९ मा कारोवार भयो ।

स्टकका अनुसार कारोवार भएक कूल ११ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ १०.९६, होटल ९.२२, विकास बैंक १५.८२, जलविद्युत् १२.९२, वित्त ०.२९, निर्जीवन बीमा १०२.२९, उत्पादन १२.५९, अन्य ७.१५, लघुवित्त ७.५, जीवन बीमा ८५.४४ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा पुगेको छ । सो बैंकको संस्थापक शेयर रु पाँच करोड २४ लाख ८० हजार बराबरको कारोवार भयो ।

यस्तै एनआइसी एशिया बैंक रु एक करोड ६१ लाख ८८ हजार, प्रभु बैंक रु एक करोड २९ लाख ४७ हजार ८५९, नेपाल लाइफ इन्सुरेन्स रु एक करोड १३ लाख ८७ हजार १३१, कुमारी बैंक रु ९३ लाख २३ हजार ४५५ र शिवम् सिमेन्ट रु ८१ लाख १६ हजार ५८८ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९० प्रतिशतले कमाउँदा जानकी फाइनान्स ५.२६, राधी विद्युत् कम्पनी ४.४४, सानिमा इक्विटी फण्ड २.९८, गुडविल फाइनान्स २.२१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १.९४ प्रतिशतले कमाए ।

त्यस्तै पाँचथर पावर कम्पनी ८.४९, युनिभर्सल पावर कम्पनी ८.२३, सिन्धु विकास बैंक ७.४०, नेशनल लाइफ इन्सुरेन्स ६.८१, र युनियन हाइड्रोपावरका लगानीकर्ताले पाँच प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ६ : ४३ बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ