बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सूर्यविनायकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सूर्यविनाय–८, भातेढिकुरमा मिनी बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामेछाप लिखु गाउँपालिका–४ घर भइ हाल भक्तपुर सूर्यविनायक–९ नलिञ्चोक बस्ने ३५ वर्षीय रामबहादुर भुजेलले दुर्घटनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नम्बरको मिनी बसले विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नम्बरको मोटरसाइकलर्लाइ ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भई हाल नलिञ्चोक बस्ने २९ वर्षीय अर्जुन थामी घाइते भएका छन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  १० : २१ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार