नेविसंघ अब कांग्रेसको भातृसंस्था नहुने, कार्यगत स्वायत्तता अपनाउने निर्णय « Khabarhub

नेविसंघ अब कांग्रेसको भातृसंस्था नहुने, कार्यगत स्वायत्तता अपनाउने निर्णय


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) अब नेपाली कांग्रेसको भातृसंस्थाका रूपमा नरहने भएको छ। नेविसंघले कार्यगत स्वायत्तता अपनाउने ऐतिहासिक निर्णय गरेको हो ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सम्पन्न नेविसंघको सिनेट बैठकले अब संगठनलाई पार्टीको प्रत्यक्ष संरचनाभन्दा बाहिर राख्दै स्वतन्त्र विद्यार्थी हितग्रही संस्थाका रूपमा अगाडि बढाउने प्रस्ताव पारित गरेको हो ।

नेविसंघ नेपाली कांग्रेसको सिद्धान्त र नीतिप्रति आस्थावान् रहे पनि पार्टीको प्रत्यक्ष प्रभाव र नियन्त्रणभन्दा बाहिर रहने गरी कार्यगत स्वायत्तताको प्रस्ताव पारित गरिएको संघका अध्यक्ष दुजाङ शेर्पा जानकारी दिए।

उनका अनुसार यस निर्णयले नेविसंघलाई स्वायत्त र स्वचालित संस्थाका रूपमा स्थापित गर्नेछ। बैठकले नेविसंघको १२औँ महाधिवेशन आगामी २०८३ साल वैशाख २० र २१ गते गर्ने प्रस्तावसमेत पारित गरेको छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ८ : ४० बजे

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात्

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा