भालुको पित्त ओसारपसारमा संलग्न महिला पक्राउ « Khabarhub

भालुको पित्त ओसारपसारमा संलग्न महिला पक्राउ


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भालुको पित्त ओसारपसार संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् ।

प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुबाट ३४ वर्षीया मित्रलक्ष्मी राईलाई पक्राउ गरेको हो । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि चाडपर्वको अवसर पारेर घरमा आएर लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौँमा मुद्दा दर्ता भएर ७ कात्तिकमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि महिला फरार रहेको भोजपुर प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक पाण्डवकुमार वंशीले बताए ।

प्रहरीले थप अनुसन्धान र कारवाहीका लागि महिलालाई डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौंमा बुझाएको जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ५ : ५७ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने