दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको बनाउन नसकेपछि एन्फाले माग्यो माफी « Khabarhub

दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको बनाउन नसकेपछि एन्फाले माग्यो माफी


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत नेपाल र कुबेतबीचको खेल काठमाडौंको दशरथ रंगशालामा गराउन नसकेकोमा माफी मागेको छ ।

अधिकतम प्रयत्नका बाबजुद खेल दशरथ रङ्गशालामा गराउन नसकेकामा एन्फाले फुटबल समर्थकसँग माफी मागेको हो ।

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासङ्घ (एएफसी)ले एन्फालाई खेलस्थल परिवर्तन गर्न निर्देशन दिएको थियो ।

अब एन्फाले सो खेल भूटानमा गर्न प्रस्ताव गरेको छ । न्युट्रल भेन्युका रुपमा भुटानको चाङलिमिथाङ रङ्गशालामा गर्न प्रस्ताव गरिएको एन्फाले जनाएको छ ।

एन्फाले विज्ञप्ति जारी गर्दै दशरथ रङ्गशालामा खेल नहुने जनाएको हो । नेपाल र कुबेतबीचको खेल आगामी मङ्सिर ३ गतेका लागि दशरथ रङ्गशालामा तय भएको थियो ।

विसं २०७२ को भूकम्पका कारण रङ्गशाला पूर्णरुपमा क्षति भएको थियो । समयमै रङ्गशालाको पुनःनिर्माण हुन नसक्दा खेल खेलाउन असमर्थ भएको एन्फाले जनाएको छ ।

यसअघि विश्वकप छनोटको खेलमा नेपाल कुबेतसँग ७–० गोलले पराजित भएको थियो भने चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । नेपाल अष्ट्रेलियासँग ५–० गोलले तथा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ६ : २६ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका