तुलसी विवाहको महत्व र पाँच फाइदा « Khabarhub

तुलसी विवाहको महत्व र पाँच फाइदा


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कार्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरि मनाइन्छ । यसलाई हरिबोधिनी एकादशी अर्थात ठूलो एकादशी पनि भनिन्छ ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ ।

हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्नुभएको कुरा पुराणहरूमा उल्लेख गरिएको छ।

तुलसी विवाहको महत्व

हरिवोधनी एकादशीको दिन भगवान विष्णु योग निद्राबाट बाहिर आउँछन् । उनीसंगै सबै देवताहरुले पनि योग निद्रा त्याग गरिदिन्छन् । उक्त दिन भगवान विष्णुको पूजा गरिन्छ । त्यसपछि भगवान शालिग्राम तथा तुलसीको विवाह गरिन्छ । यही दिनदेखि नै विवाह, मुण्डन, व्रतबन्ध जस्ता मांगलिक कार्यहरुको समेत थालनी हुन्छ ।

तुलसी विवाहको फाइदा

१) तुलसी विवाह पूजाले परिवारमा भइरहेका कुनै पनि अवरोध र दुर्भाग्यहरूलाई हटाउन सहयोग गर्दछ।
२)अविवाहित महिलाहरुले राम्रो वर पाउने योग बन्ने गर्छ ।
३) तुलसीको कन्यादान गर्दा निसन्तान दम्पतीहरुले विशेष आशिष् पाउने गर्छन ।
४) तुलसी विवाह पूजाले घरमा खुशी समृद्धि र धन ल्याउने गर्दछ।
५) पूजा गर्नाले अविवाहित व्यक्तिहरूको लागि विवाहको सम्भावना बढ्ने गर्दछ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ७ : ०१ बजे

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी