सम्झौताको ४२ दिनमै सडक कालोपत्र ! | Khabarhub Khabarhub

सम्झौताको ४२ दिनमै सडक कालोपत्र !


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको भिमाद नगरपालिका–२ जिलाङस्थित फूलबारी मोटरमार्गको कालोपत्र गर्ने कार्य सम्झौता भएको ४२ दिनमै सम्पन्न भएको छ ।

भिमाद नगरपालिका र स्थानीयवासीको सहभागितामा शुरु गरिएको कालोपत्रको काम ४२ दिनमै सम्पन्न भएको हो ।

मोटरमार्ग कालोपत्रका लागि असोज ९ गते सम्झौता भएकामा यही कात्तिक २१ गते ६०० मिटर सडकको कालोपत्र सम्पन्न भएको फूलबारी मोटरमार्ग कालोपत्र योजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर थापाले जानकारी दिए ।

‘मोटरमार्ग कालोपत्र गरिसक्नुपर्ने अन्तिम मिति माघ १० गतेसम्म थियो’, थापाले भने, ‘तर हामीले सम्पन्न गर्ने मितिभन्दा अगावै कालोपत्रको काम सकेका छौं।’

मोटरमार्ग कालोपत्रका लागि कूल २५ लाख ३५ हजार ९१८ खर्च भएको छ । जसका लागि भिमाद नगरपालिकाले १७ लाख ३० हजार ७६४ र स्थानीयवासीले आठ लाख पाँच हजार १५३ लगानी गरेका छन् । अध्यक्ष थापाका अनुसार यहाँका ४१ घरधुरी यो मार्गबाट लाभान्वित भएका छन् । सडक कालोपत्रका लागि प्रतिघर १५ हजार सङ्कलन गरिएको थियो ।

साथै विभिन्न सहयोगदाताबाट कालोपत्रका लागि एक लाख ९० हजार १५३ प्राप्त भएको थियो । सडक कालोपत्रका लागि बेलायत, भारत, कावासोती लगायतका ठाउँबाट सहयोग प्राप्त भएको थियो ।

‘छोटो समयमै गुणस्तरीय काम गर्न सफल भएका छौँ’, थापाले भने, ‘सडक कालोपत्र भएपछि यहाँका स्थानीयवासी धुलोबाट मुक्त भएका छन् ।’ कच्ची सडक हुँदा धुलोले स्थानीयवासीलाई समस्या हुने गरेको थियो ।

भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले लागत साझेदारीमा स्थानीय उपभोक्ताले नमूना काम गरेर देखाएको बताए । ‘बजारभन्दा बाहिरका गाउँमा पहिलो पटक लागत साझेदारीमा सडक कालोपत्र सम्पन्न गरेका छौँ’, नगरप्रमुख थापाले भने, ‘यो कार्य सफल भएको छ, अन्य ठाउँमा पनि लागत साझेदारीमा सडक कालोपत्र गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।’

नगरपालिकाले नगरक्षेत्रभित्र रहेका कच्ची सडक कालोपत्र गर्ने कामलाई प्राथमिकतामा राखेको भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताउनुभयो । थापाका अनुसार सडक कालोपत्र नभएका गाउँलाई प्राथमिकताका आधारमा कालोपत्र गरिनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ७ : २५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको दुई करोड

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैंक लिमिटेडबाट प्रधानमन्त्री दैवी

भारतीय सेनाका मेजर जनरल सिंह ६ दिने भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं- भारतीय सेनाका मेजर जनरल तथा थ्री गोर्खा राइफल्सका ‘कर्णेल

दाउन्नेमा भासिएको सडक दुईतर्फी सञ्चालनमा

नवलपरासी – दाउन्ने सडक दुई तर्फी संचालन भएको छ ।

भोटेकोशीले बेलिब्रिज बगाएको लार्चामा अस्थायी पुल, गुड्न थाले गाडी

काठमाडौं- बाढीका कारण भोटेकोशी नदीले सिन्धुपाल्चोकको लार्चास्थित बेलिब्रिज बगाउँदा अवरुद्ध

गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

गाजा– गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहको एक