विश्वकप छनोटको खेल भुटानमा खेल्न कुवेत अनिच्छुक « Khabarhub

विश्वकप छनोटको खेल भुटानमा खेल्न कुवेत अनिच्छुक


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप फुटबल छनोटको खेल भुटानमा खेल्न कुवेत अनिच्छुक भएको छ ।

कुवेतले विविध कारण देखाएर भुटानमा खेल नखेल्ने भन्दै पत्र पठाएको एन्फा स्रोतले जनाएको छ । कुवेतले भुटानमा नखेल्ने बताएपछि एएफसीले समेत अर्को विकल्प दिन एन्फालाई पत्र पठाएको छ ।

कुवेतले भिषा र यात्राको समस्याको कारण दिदै भुटानमा खेल्न नसकिने बताएको हो । तर एन्फाले भुटानमा खेल्न नहुने प्रष्ट आधार कुवेत र एएफसीसंग माग्ने तयारी गरेको छ ।

सो बिषयमा एन्फामा शुक्रबार निर्णय गर्ने भएको छ । एन्फाले नेपालको मौषमसँग मिल्ने वातावरण भएका कारण भुटानमा खेल खेलाउन प्रस्ताव गरेको हो ।

चिसो मौषममा खेल्न गाह्रो हुने भएकाले कुवेतले भुटानको विकल्प चाहेको बुझिएको छ ।

विश्वकप छनोटको दोस्रो लेगको खेलमा नेपालले घरेलु मैदानमा कुवेतलाई आमन्त्रण गर्ने तयारी गरेको थियो । तर एएफसीले रंगशाला खेल्नका लागि अयोग्य ठहर गर्दै एन्फालाई खेल स्थल परिवर्तन गर्न निर्देशन दिएको थियो ।

एएफसीको प्रतियोगिता समितिका प्रतिनिधि देङ सिओ लोङले रंगशालाको निरिक्षणपछि दशरथ रंगशालामा विश्वकप छनोटको खेल खेलाउन नसकिने बताएका थिए ।

रंगशालाको निरिक्षणका लागि एएफसीको टिम अगाडी कुवेतको टिम समेत नेपाल आएको थियो । रंगशालाको छानो र चेन्जिङ रुमलाई लिएर निरिक्षणमा आएका टोलीले गम्भिर ध्यानाकर्षण भएको जनाएको थियो ।

एन्फाले तटस्थ भूमीको रुपमा भुटानमा छनोटको खेल गर्न प्रस्ताव गरेको थियो । पहिलो लेगको खेलमा नेपालले कुवेतसंग ७–० को फराकिलो हार ब्यहोरेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ७ : ४० बजे

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल