काठमाडौं महानगरपालिकाद्वारा नयाँ स्कूल खोल्न रोक « Khabarhub

काठमाडौं महानगरपालिकाद्वारा नयाँ स्कूल खोल्न रोक


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्थागत विद्यालयको संख्या बढ्दै गएसँगै काठमाडौं महानगरपालिकाले नयाँ विद्यालय सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।
विद्यालय सञ्चालनको अनुमति, अपग्रेडजस्ता विषयमा स्वीकृति नै नलिई विद्यार्थी भर्ना गर्न विज्ञापन गर्ने परिपाटीको अन्त्य गर्नका लागि महानगरले यस्तो व्यवस्था गरेको दाबी गरेको छ ।

महानगरको शिक्षा विभागले विद्यार्थी भर्ना गर्नका लागि यस्तो प्रचारप्रसार नगर्ने समेत पटकपटक आग्रह गर्दै आइरहेको र सचेत गराउँदा समेत अटेर गर्नेलाई कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउने विभागकी प्रमुख निर्मला केसीले खबरहबलाई जानकारी दिइन् ।

‘सञ्चालनमा रहेका विद्यालयलाई व्यवस्थापन गर्नका लागि नयाँ विद्यालय सञ्चालनमा रोक लगाइएका हौं’ केसीले भनिन्, ‘भएका विद्यालयलाई अपग्रेट गराउ विद्यालय नथपौं भन्ने हो’ ।

विभागका अनुसार हाल काठमाडौंमा ७ सय ३५ वटा विद्यालयहरु रहेका छन् । जसमध्ये ९३ वटा सामुदायिक विद्यालय रहेका छन् भने ६ सय ४२ वटा संस्थागत विद्यालय रहेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ११ : ४७ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने