इनिशा बिक हत्या प्रकरण : कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन « Khabarhub

इनिशा बिक हत्या प्रकरण : कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ।

इनिशा बिकलाई न्याय दिलाउन विभिन्न संघसंस्थाको अगुवाइमा माइतीघर मण्डलामा प्रदर्शन आयोजना गरिएको हो। प्रदर्शनमा सहभागीहरूले ‘पीडितलाई न्याय दे’, ‘छोरीहरूको सुरक्षा गरौं’, ‘बलात्कारीलाई कडा कारबाही गर’, ‘न्यायविना शान्ति छैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

इनिशा बिकको न्यायका लागि ऐक्यबद्धता जनाउँदै नेपाल सुनचण्डी व्यवसाय तथा कालिगढ सङ्घर्ष समिति समेत प्रदर्शनमा सहभागी भएको थियो।

उक्त प्रकरणमा सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा बिक मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले घटनामा संलग्न अभियुक्तहरूसँग बयान लिइसकेको जनाएको छ भने अनुसन्धान अन्तिम चरणमा पुगेको बताइएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ३ : ४७ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष