कर्मचारीसँग प्रेम गरेको भन्दै म्याक डोनाल्ड्सका सिइओको जागिर चट् « Khabarhub

कर्मचारीसँग प्रेम गरेको भन्दै म्याक डोनाल्ड्सका सिइओको जागिर चट्


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेम एक भावना हो । यो स्नेह, लगाव र आत्मियताको मिश्रण पनि हो । प्रेम आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ । प्रेमका कारण कतिपय संबन्धले इतिहास रचेका छन् भने केहिले यसमा द्वन्द्व भोग्ने र ज्यान समेत गुमाएका छन् ।

प्रेममा परेकाहरु ज्यान लिन र दिन समेत पछि पर्दैनन् । तर पनि प्रेमको कुनै परीधि हुदैन न त यसको कुनै नियम नै हुन्छ । तर विश्वमा केहि यस्ता कम्पनीहरु पनि छन् जसले आफ्ना कर्मचारीलाई प्रेम गर्न प्रतिबन्ध लगाउदै आएका छन् । प्रतिबन्ध पनि यतिसम्म कि प्रेम गरेकै कारण जागिरबाट निकाला गरिन्छ । हो पत्याउनै नसकिने घटना अन्त कहि नभएर अमेरीकाको हो ।

बर्गर तथा फाष्टफुटका लागि चर्चित रेष्टुरेन्ट म्याकडोनाल्ड्सले प्रमुख कार्यकारी अधिकृतलाई प्रेम गरेको भन्दै जागिरबाट निकाला गरेको छ । म्याकडोनाल्ड्सको मुख्यालयमा कार्यरत सहकर्मीसंग प्रेम गरेको भन्दै सीइओ स्टीव ईस्टरब्रुकलाई जागिरबाट निकालेको हो ।

विश्वका अधिकाशं देशमा हजारौको संख्यामा फैलिएको फाष्टफुड उत्पादक रेष्टुरेन्ट म्याकडोनाल्ड्सले आफ्नो नीति उल्लंघन गरी मुख्यालयकै कर्मचारीसंग प्रेम गरेको भन्दै स्टीवलाई निकालेको हो ।

कम्पनीका अनुसार वरिष्ठ पदका कर्मचारीलाई सहकर्मीसंग प्रेम गर्न प्रतिबन्ध लगाइएको थियो  ।  स्टिवले त्यसको उल्लघंन गर्दै प्रेम गरे फलस्वरुप उनलाई जागिरबाट निकालिएको हो ।

ईस्टरब्रुकले पनि प्रेम रहेको स्विकार्दै आफू कम्पनीको नीति विपरीत गएको बताएका छन् । म्याकडोनाल्ड्सले यस बिषयमा लामै बहस चलाएको थियो । जस अनुसार एक साता अघि उनलाई जागिरबाट निकाल्ने बिषयमा सहमति जुटाएको थियो ।

स्टिव निष्काशनमा परेपछि म्याकडोनाल्ड्सको अध्यक्ष र सिइओमा क्रिस क्येम्पस्जिन्स्की नियुक्त भएका छन् । क्रिसलाई स्टिवले नै केहि बर्षअघि म्याकडोनाल्ड्समा ल्याएका थिए । विश्वका अधिकाशं देशका चर्चित शहरमा म्याकडोनाल्ड्सको ३७ हजार ८ सय ५५ वटा रेस्टुरेन्ट रहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  २ : ३८ बजे

एमाले महाधिवेशन : अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

हलभित्र मतगणना, बाहिर परिणाम कुर्दै नेता–कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना सुरु

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान सकिएको

महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वस्थ

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको