राजेश हमालको 'क्रेज' झल्काउने एउटा तस्वीर... | Khabarhub Khabarhub

राजेश हमालको ‘क्रेज’ झल्काउने एउटा तस्वीर…


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –‘युगदेखि युगसम्म’ मार्फत नेपाली फिल्म उद्योगमा डेब्यु गरेका अभिनेता राजेश हमालले केही दशक फिल्म नगरीमा एकछत्र राज गरे । उनको क्रेज यति थियो कि, फिल्म नै नहेरेका दर्शकले पनि राजेश हमालको नाम सुनेका हुन्थे । फिल्मको पहिलो दृश्यमा हमाललाई देख्दा दर्शकले हुटिङ गर्थे ।

हमालको क्रेज अहिले भने केही खस्केको छ । उनका पछिल्ला फिल्म पनि खासै चलेनन् । पछिल्लो समय अभिनय गरेका फिल्म व्यावसायिक रुपमा असफल भएपछि उनले कुनै पनि फिल्ममा अभिनय गरेका छैनन् ।

केही समयअघि हमालले फिल्म ‘प्रेमगीत ३’ मा अभिनय गर्ने चर्चा थियो । तर, उनले फिल्ममा अभिनय गरेनन् ।

फिल्ममा अभिनय नगरे पनि विज्ञापन र टिभीका कार्यक्रममार्फत दर्शकमाझ जोडिएका छन् । हालै उनी ‘सप्तरंग २’ को नेतृत्व गर्दै सातै प्रदेशको भ्रमणमा छन् ।

दर्शकबाट महानायकको उपाधि पाएका हमालले इन्स्टाग्राममा एक तस्वीर शेयर गरेका छन्, जुन तस्वीरमा उनको अझै पनि कति क्रेज छ भन्ने स्पष्ट पार्छ ।

‘सप्तरंग २’ का लागि प्रदेश १ को विर्तामोडमा पुगेका हमाललाई फ्यानले घेरेका छन् । हमालले शेयर गरेको तस्वीरमा फ्यानले उनलाई छुन खोजेको देख्न सकिन्छ । हमाललाई देख्दा फ्यानहरु उत्तिकै खुशी देखिन्छन् ।

फिल्मबाट विश्राम लिइरहेका हमालले आफै फिल्म निर्माण गर्ने चर्चा पनि बेलाबेलामा चल्ने गरेको छ । तर, हमालले यसबारेमा औपचारिक जानकारी भने दिएका छैनन् । भलै फिल्मबाट हमाल थोरै सुस्ताएका छन्, तर उनको क्रेज भने सकिएको छैन ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ३ : ४१ बजे

वैकल्पिक विकास वित्त विधेयकमाथिको दफावार छलफल सकियो

काठमाडौं – ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्यु, पाँच घाइते

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर

क्यानडा नेपालको भरपर्दो मित्र हो : राजदूत पौड्याल

काठमाडौं – क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको

धनराज भन्छन्- राजनीतिमा स्वच्छ प्रतिस्पर्धा नहुँदा गणतन्त्र धरापमा पर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन

उड्ने कार प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने 

काठमाडौं– मंगलबार (भदौ ३ गते) बाट नाडा अटो शो २०२५