राजेश हमालको ‘क्रेज’ झल्काउने एउटा तस्वीर… « Khabarhub

राजेश हमालको ‘क्रेज’ झल्काउने एउटा तस्वीर…


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –‘युगदेखि युगसम्म’ मार्फत नेपाली फिल्म उद्योगमा डेब्यु गरेका अभिनेता राजेश हमालले केही दशक फिल्म नगरीमा एकछत्र राज गरे । उनको क्रेज यति थियो कि, फिल्म नै नहेरेका दर्शकले पनि राजेश हमालको नाम सुनेका हुन्थे । फिल्मको पहिलो दृश्यमा हमाललाई देख्दा दर्शकले हुटिङ गर्थे ।

हमालको क्रेज अहिले भने केही खस्केको छ । उनका पछिल्ला फिल्म पनि खासै चलेनन् । पछिल्लो समय अभिनय गरेका फिल्म व्यावसायिक रुपमा असफल भएपछि उनले कुनै पनि फिल्ममा अभिनय गरेका छैनन् ।

केही समयअघि हमालले फिल्म ‘प्रेमगीत ३’ मा अभिनय गर्ने चर्चा थियो । तर, उनले फिल्ममा अभिनय गरेनन् ।

फिल्ममा अभिनय नगरे पनि विज्ञापन र टिभीका कार्यक्रममार्फत दर्शकमाझ जोडिएका छन् । हालै उनी ‘सप्तरंग २’ को नेतृत्व गर्दै सातै प्रदेशको भ्रमणमा छन् ।

दर्शकबाट महानायकको उपाधि पाएका हमालले इन्स्टाग्राममा एक तस्वीर शेयर गरेका छन्, जुन तस्वीरमा उनको अझै पनि कति क्रेज छ भन्ने स्पष्ट पार्छ ।

‘सप्तरंग २’ का लागि प्रदेश १ को विर्तामोडमा पुगेका हमाललाई फ्यानले घेरेका छन् । हमालले शेयर गरेको तस्वीरमा फ्यानले उनलाई छुन खोजेको देख्न सकिन्छ । हमाललाई देख्दा फ्यानहरु उत्तिकै खुशी देखिन्छन् ।

फिल्मबाट विश्राम लिइरहेका हमालले आफै फिल्म निर्माण गर्ने चर्चा पनि बेलाबेलामा चल्ने गरेको छ । तर, हमालले यसबारेमा औपचारिक जानकारी भने दिएका छैनन् । भलै फिल्मबाट हमाल थोरै सुस्ताएका छन्, तर उनको क्रेज भने सकिएको छैन ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ३ : ४१ बजे

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना

दुई फर्ममाथि विभागको जरिवाना

काठमाडौँ– नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

पर्वतमा अफ्रिकन स्वाइन फ्लुबाट ४६ बङ्गुर मरे

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको

अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ– जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई