आलम प्रकण– जिउँदै जलाइएका पति विदेशबाट नफर्केको भन्दै अदालतमा निवेदन « Khabarhub

आलम प्रकण– जिउँदै जलाइएका पति विदेशबाट नफर्केको भन्दै अदालतमा निवेदन


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– बम विस्फोटपछि इँटा भट्टामा हालेर जिउँदै मारिएका भनिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी छन् ।

घटनामा ज्यान गुमाएका भनिएका त्रिलोक प्रताप सिंह र ओशी अख्तर मारिएको भन्दै परिवारले प्रहरीमा किटानी जोहरी दिएको थियो । तर ओसी अख्तरकी पत्नीले भने आफ्ना पति इँटा भट्टमा नमारिएको बरु विदेश गएर नफर्किएको भन्दै निवेदन दिएकी छिन् ।

२३ जनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद मोहम्मद अफताव आलमविरुद्ध बिहीबारै बयान सकिएपछिअमना अदालत पुगेकी हुन् ।

प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पति ओसी अख्तरलाई आलमले जिउँदै इँटा भट्टामा हालेर मारेको बयान दिएकी उनले अचानक जिल्ला अदालतमा बयान फेर्दै लिखित निवेदन दिएकी जिल्ला अदालत रौतहटका श्रेष्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

अदालतमा अहिले पूर्वमन्त्री एवं सांसद मोहम्मत आफताब आलमको थुनछेक बहस चलिरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ४ : ५८ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक