आलम प्रकण– जिउँदै जलाइएका पति विदेशबाट नफर्केको भन्दै अदालतमा निवेदन « Khabarhub

आलम प्रकण– जिउँदै जलाइएका पति विदेशबाट नफर्केको भन्दै अदालतमा निवेदन


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– बम विस्फोटपछि इँटा भट्टामा हालेर जिउँदै मारिएका भनिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी छन् ।

घटनामा ज्यान गुमाएका भनिएका त्रिलोक प्रताप सिंह र ओशी अख्तर मारिएको भन्दै परिवारले प्रहरीमा किटानी जोहरी दिएको थियो । तर ओसी अख्तरकी पत्नीले भने आफ्ना पति इँटा भट्टमा नमारिएको बरु विदेश गएर नफर्किएको भन्दै निवेदन दिएकी छिन् ।

२३ जनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद मोहम्मद अफताव आलमविरुद्ध बिहीबारै बयान सकिएपछिअमना अदालत पुगेकी हुन् ।

प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पति ओसी अख्तरलाई आलमले जिउँदै इँटा भट्टामा हालेर मारेको बयान दिएकी उनले अचानक जिल्ला अदालतमा बयान फेर्दै लिखित निवेदन दिएकी जिल्ला अदालत रौतहटका श्रेष्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

अदालतमा अहिले पूर्वमन्त्री एवं सांसद मोहम्मत आफताब आलमको थुनछेक बहस चलिरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ४ : ५८ बजे

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण