साग तोकिएकै मितिमा हुन्छ, शंका नगर्नुस्- एनओसी अध्यक्ष श्रेष्ठ « Khabarhub

साग तोकिएकै मितिमा हुन्छ, शंका नगर्नुस्- एनओसी अध्यक्ष श्रेष्ठ


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद तोकिएकै मितिमा हुने बताएका छन् ।

सागको उद्घाटन हुन मात्रै २३ दिन बाँकी रहँदा पनि उद्घाटन स्थल दशरथ रंगशाला, सातदोबाटोस्थित हिटिङ सिस्टमको स्वीमस्ङ पुल तयार नभइसक्दा चौतर्फी रुपमा साग सर्ने हल्ला भइरहँदा श्रेष्ठले कुनै पनि हालातमा साग नसर्ने बताएका हुन् ।

‘तीन पटक यसअघि नै सारिसकेका कारण अब नेपालले सागलाई कुनै पनि हालातमा सार्न मिल्दैन । अहिले तोकिएकै मितिमा हुनेमा शंका नगर्नुस्,’ श्रेष्ठले खबरहबसँग भने,‘साग सार्नु परे नेपालको अन्तर्राष्ट्रिय स्तरमा छवी समाप्त हुन्छ । त्यसैले पनि हामी जुनसुकै हालतमा साग तोकिएकै मितिमा गर्ने तयारीमा छौं ।’

दशरथ रंगशालामा मंसिर ३ गते हुने तय भएको फिफा विश्वकप तथा एसियन कप २०२३ छनोट अन्तरगत कुवेतसँगको खेलका लागि एएफसीले अयोग्य भनेपछि अहिले नेपाल तटस्थ भूमि खोजिरहेको छ ।

सागको उद्घाटनस्थल रहेको रंगशालामा अझै पनि भीआईपी प्यारापिट नाङ्गै छ । सामान्य प्यारापिटमा सिट राखिसक्दा भीआईपी प्यारापिटमा भर्खर छानोका पिलर राख्ने काम भइरहेको छ ।

तर, चीनबाट ल्याउने भनिएको भिआईपी प्यारापिटको छानो अहिलेसम्म आउन सकेको छैन । उक्त छानो आउन अझै ५ दिन भन्दा धेरै समय लाग्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ५ : १२ बजे

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न