काष्ठमण्डप पुनर्निर्माणको काम ५० प्रतिशत सम्पन्न « Khabarhub

काष्ठमण्डप पुनर्निर्माणको काम ५० प्रतिशत सम्पन्न


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेशसभा सदस्य राजेश शाक्यले भूकम्पका कारण भत्किएको काष्ठमण्डप पुननिर्माणको काम तोकिएकै समयमा पूरा हुने बताएका छन् ।

शुक्रबार नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले काष्ठमण्डपको अवलोकनका क्रममा संयोजक शाक्यले पुनर्निर्माणको कामले गति लिएको जानकारी गराउँदै ५० प्रतिशत काम पूरा भएको  बताएका हुन् ।

काठमाडौं महानगर क्षेत्रभित्र भूकम्पले ढलेका सम्पदा पुननिर्माणका लागि महानगर आफैंसँग पर्याप्त स्रोत भएको बताउँदै महानगर प्रमुख बिद्यासुन्दर शाक्यले नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकबाट प्राप्त सहयोगलाई सदुपयोग गरेर पनि सम्पदा उठाउने काम भइरहेको जानकारी दिए ।

परम्परागत निर्माण शैली पछ्याएर जापान सरकारबाट प्राप्त सहयोगलाई सम्पदा पुननिर्माणमा उपयोग गरिने मेयर शाक्यको भनाइ छ ।

काष्ठमण्डप अवलोकन गर्ने क्रममा संसद सदस्य शाक्यले काष्ठमण्डपको ऐतिहासिक महत्व, यसको संरचनागत शैली, पुननिर्माण गर्दा अबलम्बन गरिएको तरिका, अहिलेसम्म प्राप्त कामको प्रगतिका बिषयमा जानकारी गराएका थिए ।

अवलोकनका क्रममा पुगेका राजदूत मासामिचिले काष्ठमण्डपको कामले गति लिएकोमा खुशी व्यक्त गरे ।

‘काष्ठमण्डपको भव्यतालाई तपाईहरुले क्रमशः उठाइरहनु भएको छ । नेपाल पर्यटन बर्षमा यहाँ आउने पर्यटकले यसको भव्यता हेर्न पाउने मेरो आशा छ’ नेपाली कलाको प्रसङ्ग उठाउँदै राजदूतले भने ‘जापानमा मन्दिर बनाउने कला नेपालबाटै गएको हो । त्यसलाई हामीले जापानमा प्रबिधि थपेर सुरक्षित बनाउने तरिका मिलाएका छौं । हामीले सिकेको यो सीप हामी नेपाली सांस्कृतिक संरचना पुननिर्माणका क्रममा उपहार दिन चाहन्छौं ।’

२०७५ सालबाट पुनर्निर्माण थालिएको काष्ठमण्डप तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ५ : २९ बजे

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी : १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

एजेन्सी– दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा