उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना | Khabarhub Khabarhub

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको छिन्नमस्तामा गाउँपालिकामा वडाध्यक्ष पदको उपनिर्वाचन २०७६ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

गाउँपालिकाको साविक भवन तथा श्री भुपेन्द्रनारायण संस्कृत माध्यमिक विद्यालयमा कार्यालय स्थापना गरिएको हो । गाउँपालिकाको वडा नं ७ मा हुन लागेको वडाध्यक्ष पदको उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

छिन्नमस्ता गाउँपालिका–७ का वडाध्यक्षमा राजपाबाट निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिका प्रमुख पदमा निर्वाचित भएपछि रिक्त रहेको उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीलाई जिम्मेवारी दिइएको छ । पहिलो स्थानीय तहको निर्वाचनमा सो वडामा एक हजार १७५ मतदाता रहेकोमा अहिले २२८ मतदाता थपिएर जम्मा मतदाता एक हजार ४०३ पुगेको छ । अगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सप्तरीमा पनि निर्वाचनको गतिविधि तीव्र भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनालको नेतृत्वमा विभिन्न सुरक्षा निकायका प्रमुखलगायतका सुरक्षाकर्मीले स्थलगत निरीक्षण गरी उक्त कार्यालयको स्थापना गरिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १० : ३० बजे

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ

पर्सा– उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीशमाथि इजलास कक्षमा

टेस्ट च्याम्पियनसिप फाइनलमा म्याक्रमको शतक : अफ्रिका उपाधि नजिक

लण्डन – दक्षिण अफ्रिका र अस्ट्रेलिया बीचको टेस्ट च्याम्पियनसिपको फाइनल

चन्द्र पन्तको फिल्ममा दोहोरिने भए भारतीय कलाकार प्रदीप रावत

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यू

म्याग्दीको पाउद्वारमा खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा खेलमैदान निर्माण भएको छ ।