उम्मेदवारको विरोधमा कसैको उजुरी परेन- निर्वाचन आयोग « Khabarhub

उम्मेदवारको विरोधमा कसैको उजुरी परेन- निर्वाचन आयोग


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निम्ति आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवारका रूपमा मनोनयनपत्र दर्ता गराएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ तथा प्रदेशसभा सदस्यका लागि भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं १, बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं २ को २ र दाङ जिल्ला निर्वाचन क्षेत्र नं ३ मा उम्मेदवारी दिएकाहरूविरुद्ध कसैको पनि उजुरी नपरेको आयोगले जनाएको हो ।

आयोगले सम्बन्धित जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीका लागि शुक्रबार बिहान ११ देखि अपराह्न ५ बजेसम्म समय निर्धारण गरेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ८ : ०१ बजे

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई