प्रदेश राजधानीको टुङ्गो चाँडै लाग्ने मुख्यमन्त्री पौडेलको विश्वास « Khabarhub

प्रदेश राजधानीको टुङ्गो चाँडै लाग्ने मुख्यमन्त्री पौडेलको विश्वास


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नामाकरण र राजधानी सहमतिमै चाँडै नै टुङ्गो लगाइने बताएका छन् ।

सिन्धुपाल्चोकको लामोसाँघुस्थित सेतीदेवी शारदा माविको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री पौडेलले राजधानीको टुंगो चाँडै लाग्ने विश्वास व्यक्त गरेका हुन् ।

कार्यक्रममा उनले अबको विकास गुणस्तरीय र रोजगारीमुलक हुनुपर्ने र त्यसको लागि प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने नीति रहेको जानकारी दिए ।

अवको दुई वर्षमा देशले काँचुली फेर्ने दाबी गर्दै मुख्यमन्त्री पौडेलले त्यसको लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’को महाअभियानमा लाग्न सबैलाई आग्रह समेत गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रदेश ३ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, प्रदेशसभा सदस्य सुरेश नेपाललगायतले आ-आफ्नो धारणा राखेका थिए ।

विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ६ करोड ४६ लाख ६१ हजारमा सुविधा सम्पन्न १८ कोठे विद्यालय भवनको पुनःनिर्माण गरिएको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ९ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै