कर्णालीमा तीन महिनामा भेटिए १५ नयाँ कुष्ठरोगी « Khabarhub

कर्णालीमा तीन महिनामा भेटिए १५ नयाँ कुष्ठरोगी


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशमा तीन महिनाको अवधिमा १५ जना नयाँ कुष्ठ रोगी भेटिएका छन् । यो सङ्ख्या गत वर्षको भन्दा बढी हो । कुष्ठ रोग निवारणको घोषणा भए पनि कुष्ठ रोगीको सङ्ख्या बर्सेनि फेला परेका छन् ।

सुर्खेतस्थित साइनिङ अस्पतालमा आएका बिरामीमध्ये कर्णाली प्रदेशका १४ र अछाम जिल्लाका एक जना कुष्ठ रोगका नयाँ बिरामी फेला परेका हुन् ।

“विगतका आर्थिक वर्षभन्दा यो वर्षको शुरूमै कुष्ठ रोगका नयाँ बिरामीको सङ्ख्या केही बढी देखिएको छ”, साइनिङ अस्पताल सुर्खेतका प्रमुख मङ्गल थारूले भने, “यसले वर्षभरि नै यही दरमा नयाँ बिरामी बढ्छन् भन्ने आकलन चाहिँ होइन ।”

उहाँका अनुसार अस्पतालको बहिरङ्ग सेवा विभाग (ओपिडी) मा आएका तीन हजार ८६२ छालाका बिरामीमध्ये सबैभन्दा बढी सुर्खेतका ६ जनामा कुष्ठ रोग देखिएको छ । यसैगरी दैलेखका चार, जाजरकोटका दुई र कालीकोटका दुई गरी १४ जना कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका एक जनामा यसको सङ्क्रमण देखिएको छ ।

गत आवमा ५६ जना नयाँ बिरामी देखा परेकोमा १० जनामा सर्ने खालका रोग भेटिएको उहाँले जानकारी दिनुभयो । अहिलेकै दरमा पछिल्ला चैमासिकमा समेत बिरामीको सङ्ख्या भेटिने हो भने यो आवमा कर्णाली प्रदेशमा कुष्ठ रोगीको सङ्ख्या बढ्ने निश्चित भएको उनको भनाइ छ ।

विगतको तुलनामा बढी देखिए पनि खासै आत्तिनुपर्ने अवस्था भने नरहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका क्षय÷कुष्ठ रोग अधिकृत पदम केसीले जानकारी दिए ।

कर्णालीका दूरदराजमा पुरातनवादी सोचका कारण अझै रोगलाई लुकाएर बस्ने चलन कायमै रहेको केसीको भनाइ थियो । सरकारी तथ्याङ्कमा कर्णालीका १० वटै जिल्लामा कुष्ठ रोगको अवस्था स्थिर रहेको उहाँको भनाइ थियो । “हाम्रो प्रदेशमा कुष्ठ रोगीको अवस्था बढेको पनि छैन, उल्लेख्यरूपमा घटेको पनि छैन”, उनले भने ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ९ : ४५ बजे

छाडा पशुचौपाया : बहुआयामिक असर र समाधानका प्रयास

घोडाघोडी– आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेतबारी जोत्न प्रयोग गरिने गोरु

नयाँ हुनुको अर्थ विगतबाट अलग हुनु होइन : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा

विपक्षीलाई सभामुखको जवाफ : प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनु भएको छ

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा आएर जवाफ

प्रतिनिधिसभा : विकास निर्माणका लागि समानुपातिक बजेटको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने विभिन्न दलका

इरानले अमेरिकामाथि लगायो ‘युद्ध अपराध’ गरेको आरोप

तेहरान– इरानले फार्स प्रान्तको लामर्डस्थित खेलकुद हलमा भएको भनिएको क्षेप्यास्त्र