ठगी आरोपी रानासहित दुइ जना पुर्पक्षका लागि कारागार चलान « Khabarhub

ठगी आरोपी रानासहित दुइ जना पुर्पक्षका लागि कारागार चलान


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- ठगी गिरोहका मुख्य अभियुक्तको आरोप लागेका धनगढी उपमहानगरपालिका-६ का सञ्जय रानासहित दुई जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको छ ।

जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासमा आज भएको थुनछेक बसहमा उक्त आदेश भएको अदालतका सूचना अधिकारी नरबहादुर नेगीले बताए ।

रानाका सहयोगीका रूपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका—३ का रुद्रप्रसाद अधिकारीलाई पनि कारागार चलान गरिएको छ ।

रानाकै साली नाता पर्ने कल्पना साउद (दियाकोटी) र रानाकै सहयोगी भनिएका धनगढी उपमहानगरपालिका—६ कै कमलबहादुर विक रु तीन लाख ५० हजार धरौटीमा रिहा भएका छन् ।

रानासहितको गिरोहलाई गएको भदौ महिनामा हतियार, विभिन्न कागजात, छाप र सुनका गरगहनासहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

उनीहरुको साथबाट एक-एक थान पेस्तोल र रिभल्बर, दुई थान कटुवा पेस्तोल, सात राउण्ड गोली, करीब ६७९ ग्रामका सुनका गरगहना बरामद गरिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १० : ०० बजे

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी : १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

एजेन्सी– दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा