मलेसियाले बंगलादेशबाट पुन: कामदार लैजाँदै ! « Khabarhub

मलेसियाले बंगलादेशबाट पुन: कामदार लैजाँदै !


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियाले बंगलादेशबाट पनि पुन: कामदार आपूर्ति गर्ने संकेत दिएको छ । मलेसिया र बंगलादेशबीच कामदार आपूर्तिका विषयमा छलफल गरी सहमति गर्ने निर्णय भएको हो ।

आज (शुक्रवार) मलेसियामा बसेको दुई देशबीचका उच्च अधिकारीहरुको बैठकले कामदार भर्ना, छनौट, लागत खर्चमा विषयमा छलफल गरेको हो ।

बंगलादेशले कामदारको स्वास्थ्य परीक्षण र कामदारको लागत खर्चबारे चासो राखेको र त्यसलाई मलेसिया सरकारले छिट्टै टुंग्याउने सहमति भएको जनाइएको छ । दुई देशबीचको संयुक्त कार्यदलको बैठक यही नोभेम्बर २४ र २५ मा बंगलादेशमा बस्ने सहमति समेत गरेको छ।

आगामी बैठकले बाँकी रहेका प्रक्रिया टुंगो लगाउने र नोभेम्बर अन्तिममा समझदारी पत्रमा हस्तक्षर हुने दुई देशबी भएको समझदारीमा उल्लेख छ ।

गतवर्ष कार्त्तिक १२ मा नेपाल र मलेसियाबीच श्रम समझदारी भएको थियो तर नेपाली कामदारको लागि कोटा नतोकिएको भन्दै व्यवसायीले नि:शुल्क रोजगारीको अवसर गुम्ने अवस्था आएको बताउँदै आएका छन् ।

मलेसियाले बंगलादेशबाट कामदार लिन थालेमा सेक्युरिटी गार्ड बाहेक अन्य कोटा नेपाल नआउने व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ९ : १४ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र