मलेसियाले बंगलादेशबाट पुन: कामदार लैजाँदै ! « Khabarhub

मलेसियाले बंगलादेशबाट पुन: कामदार लैजाँदै !


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियाले बंगलादेशबाट पनि पुन: कामदार आपूर्ति गर्ने संकेत दिएको छ । मलेसिया र बंगलादेशबीच कामदार आपूर्तिका विषयमा छलफल गरी सहमति गर्ने निर्णय भएको हो ।

आज (शुक्रवार) मलेसियामा बसेको दुई देशबीचका उच्च अधिकारीहरुको बैठकले कामदार भर्ना, छनौट, लागत खर्चमा विषयमा छलफल गरेको हो ।

बंगलादेशले कामदारको स्वास्थ्य परीक्षण र कामदारको लागत खर्चबारे चासो राखेको र त्यसलाई मलेसिया सरकारले छिट्टै टुंग्याउने सहमति भएको जनाइएको छ । दुई देशबीचको संयुक्त कार्यदलको बैठक यही नोभेम्बर २४ र २५ मा बंगलादेशमा बस्ने सहमति समेत गरेको छ।

आगामी बैठकले बाँकी रहेका प्रक्रिया टुंगो लगाउने र नोभेम्बर अन्तिममा समझदारी पत्रमा हस्तक्षर हुने दुई देशबी भएको समझदारीमा उल्लेख छ ।

गतवर्ष कार्त्तिक १२ मा नेपाल र मलेसियाबीच श्रम समझदारी भएको थियो तर नेपाली कामदारको लागि कोटा नतोकिएको भन्दै व्यवसायीले नि:शुल्क रोजगारीको अवसर गुम्ने अवस्था आएको बताउँदै आएका छन् ।

मलेसियाले बंगलादेशबाट कामदार लिन थालेमा सेक्युरिटी गार्ड बाहेक अन्य कोटा नेपाल नआउने व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ९ : १४ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले