दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा स्वास्थ्य विशेषज्ञहरुको बैठक काठमाडौंमा हुँदै « Khabarhub

दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा स्वास्थ्य विशेषज्ञहरुको बैठक काठमाडौंमा हुँदै


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा स्वास्थ्य विशेषज्ञहरुको बैठक काठमाडौंमा हुने भएको छ ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीको वित्तीय र प्राविधिक सहयोगमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान(विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र) ले यहि डिसेम्बर ९ देखि १२ सम्म आँखा स्वास्थ्य विशेषज्ञहरुद्वारा दक्षिण पूर्वी एसियाको क्षेत्रीय बैठक काठमाडौंमा आयोजना गर्न लागेको हो ।

नेपाल र दक्षिण पूर्वी एसियाली क्षेत्रमा विश्वव्यापी आँखा स्वास्थ्यको पहुँचको उद्देश्य हासिल गर्न गर्न कार्यक्रम गर्न लागिएको आयोजक तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।

बैठकमा दक्षिण पूर्वी एसियाका क्षेत्रका ४० आँखा स्वास्थ्य विशेषज्ञहरु सहभागी हुनेछन् ।  बैठकले मोतिविन्दु, दृष्टिदोष, डाइबेटिक रेटिनोपेथी, जलविन्दु, न्यून दृष्टि र सहयोगी सेवाहरुको रुपमा विभिन्न क्षेत्रमा उपलब्ध आँखा स्वास्थ्य सेवा वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने जनाइएको छ ।

बैठकमा विज्ञहरुहरुले विश्वव्यापी आँखा स्वास्थ्य सेवाको पहँुच सबै जनता समक्ष पुर्याउने लक्ष्य प्राप्त गर्न कार्यतालिका तयार गरी महत्वपूर्ण सुझावहरु पेश गर्नेछ ।  यस्तै डाइवेटिक रेटिनोपेथी सेवाको मापदण्ड तयार गर्ने र राष्ट्रिय दृष्टि २०२० को रिपोर्ट टुगों लगाउने तालिका पनि बैठकले निर्णय गर्ने छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ८ : ५० बजे

डीडीसीको बजार पहिलोपटक दुबईमा विस्तार, ६ सय किलो घ्यू पठाइँदै 

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन