साग खेलकुद– आज हुँदैछ १३ खेलमा प्रतिस्पर्धा « Khabarhub

साग खेलकुद– आज हुँदैछ १३ खेलमा प्रतिस्पर्धा


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको नवौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १३ खेलमा प्रतिस्पर्धा हुनेछ ।

सागमा सोमबार फुटबल, आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । जसमा महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

पदक तालिकामा आठौं दिनसम्म भारतले १३२ स्वर्णसहित अग्रता बनाएको छ । ४५ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

कुन खेल हुँदैछन् ?

साग अन्तर्गत महिला फुटबलको फाइनल खेल सोमबार हुनेछ । पोखरा रंगशालामा हुने फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । महिला फुटबलमा माल्दिभ्सले कास्य जितिसकेको छ ।

यस्तै साग क्रिकेट अन्तर्गत पुरुषतर्फको फाइनल खेल सोमबार हुनेछ । स्वर्णका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । यस्तै नेपाल र माल्दिभ्सले कास्य पदकको लागि खेल्नेछ । महिलातर्फको स्वर्ण बंगलादेश, श्रीलंकाले रजत र नेपालले कास्य जितेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा सोमबार महिला र पुरुष दुवैको कबड्डीको फाइनल खेल हुनेछ । पुरुषतर्फ भारतले श्रीलंकासँग खेल्नेछ । महिलामा नेपाल र भारतबीच खेल हुनेछ । महिलाको फाइनल खेल १ बजे हुनेछ ।

बास्केटबल अन्तर्गत सोमबार सेमिफाइनल खेल हुनेछ । पुरुषको सेमिफाइनलमा बंगलादेश र श्रीलंका तथा भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ । महिलाको सेमिफाइनल भारत र भुटान तथा नेपाल र माल्दिभ्सबीच हुने छ । थ्री बाई थ्रीको भने सेमिफाइनल र फाइनल हुनेछ । पुरुष सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलंकाले नेपालसँग खेल्नेछ । महिलामा भारत र श्रीलंका उपाधिका लागि भिड्ने छन् ।

यस्तै साग बक्सिङमा सोमबार विभिन्न स्पर्धाको फाइनल हुनेछ । सोमबार बक्सिङमा ८ स्पर्धाको फाइनल खेल हुनेछ । नेपालका कुल ९ खेलाडी फाइनल पुगेका छन् ।

सोमबार नै आर्चरीमा एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ । आर्चरी पोखरामा भईरहेको छ । यस्तै आज स्क्वासमा पुरुष र महिलाको टिमको स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

टेनिस अन्तर्गत सोमबार महिला र पुरुषतर्फको सिंगल्सका खेलहरु हुनेछन् । टेनिस अन्तर्गत पुरुष सिंगल्सको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनिष सुरेश कुमार तथा महिला सिंगल्सको उपाधिका लागि भारतकै श्रब्याभाबि सेट्टी र सत्विका समा प्रतिस्पर्धा गर्दैछन् ।

कुस्तीमा सोमबार दुई स्वर्ण पदकका लागि खेल हुनेछ । आइतबारसम्म भारतले १२, पाकिस्तानले तीन, श्रीलंकाले दुई र नेपालले एक स्वर्ण पदक जितेका छन् ।

साग अन्तर्गत जुडोमा सोमबार विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । खेल आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा हुनेछ ।

फेन्सिङ अन्तर्गत सोमबार टिम स्पर्धामै तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । भने पौडी अन्तर्गत सोमबार विभिन्न स्पर्धामा खेल हुनेछ । सातदोबाटोस्थित पौडी पोखरीमा बिहान हिट र बेलुका फाइनल चरणका खेल हुनेछ । त्यस्तै सुटिङ अन्तर्गत सोमबार पनि एक खेलको प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ७ : २८ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको