फ्लोरिडास्थित नौसेना अखाडामा भएको हमला आतङ्कवादी आक्रमण–एफबीआइ « Khabarhub

फ्लोरिडास्थित नौसेना अखाडामा भएको हमला आतङ्कवादी आक्रमण–एफबीआइ


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शुक्रवार अमेरिकाको फ्लोरिडास्थित नौसेना अखाडामा भएको हिंसक हमलालाई आतङ्कवादी आक्रमणका रूपमा हेरिएको संघीय जाँच ब्युरो एफबीआइले जनाएको छ ।

त्यहाँको पेन्सकोला क्षेत्रमा तालिम लिइरहेका साउदी बन्दुकधारीले आफू मारिनुअघि तीन नौसैनिकहरूको हत्या गरेका थिए । विशेष अनुसन्धानकर्ता राचेल रोजासले त्यस्तो हमला एक्लै वा संगठित कस्तो रूपमा भएको थियो भनेर एफबीआइले बुझिरहेको बताएकी बीबीसीले उल्लेख गरेको छ ।

राचेल रोजासले अन्य साउदी विद्यार्थीहरूलाई सोधपुछ गरिए पनि पक्राउ भने नगरिएको बताइन् । बताइए अनुसार उनीहरूलाई सैन्य अखाडामा भेला पारिएको थियो र उनीहरूले अनुसन्धानकर्ताहरूलाई सघाएका थिए ।

उक्त हमलामा ज्यान गुमाउने नौसैनिकहरू २३, १९ र २१ वर्ष उमेरका छन् । अमेरिकी जलसेनाले ‘ज्यान गुमाउने सैनिकहरूले दुर्लभ साहस’ देखाएको जनाएको छ ।

आइतवारको पत्रकार सम्मेलनमा विशेष अनुसन्धानदाता रोजासले भने अहिलेसम्मको जाँचबारे केही खुलाइनन् । यद्यपि उनले ती २१ वर्षे बन्दुकधारी मोहम्मद अल्सामरानीले प्रक्रिया पुर्‍याएरै बन्दुक किनेको बताएकी थिइन् । त्यो एउटा नौ मिलिमिटरको हाते बन्दुक थियो ।

एउटा अनलाइन निरीक्षणकर्ता समूहका भनाइमा अल्सामरानीजस्ता देखिने एकजना ट्विटर प्रयोगकर्ताले बन्दुक हमला हुनुअघि शृङ्खलावद्ध रूपमा अमेरिकाविरोधी पोष्टहरू लेखेका थिए ।

अमेरिकी सञ्चारमाध्यममा जनाइएअनुसार साताको सुरुमा साँझको खाना खाने बेला गोलीकाण्डका भिडिओहरू अरूलाई देखाएका थिए । पेन्सकोलाको उक्त सैन्य अड्डाले लामो समयदेखि विदेशी सेनाहरूलाई उड्डयन तालिम दिनेगर्छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ८ : २३ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ