फ्लोरिडास्थित नौसेना अखाडामा भएको हमला आतङ्कवादी आक्रमण–एफबीआइ « Khabarhub

फ्लोरिडास्थित नौसेना अखाडामा भएको हमला आतङ्कवादी आक्रमण–एफबीआइ


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शुक्रवार अमेरिकाको फ्लोरिडास्थित नौसेना अखाडामा भएको हिंसक हमलालाई आतङ्कवादी आक्रमणका रूपमा हेरिएको संघीय जाँच ब्युरो एफबीआइले जनाएको छ ।

त्यहाँको पेन्सकोला क्षेत्रमा तालिम लिइरहेका साउदी बन्दुकधारीले आफू मारिनुअघि तीन नौसैनिकहरूको हत्या गरेका थिए । विशेष अनुसन्धानकर्ता राचेल रोजासले त्यस्तो हमला एक्लै वा संगठित कस्तो रूपमा भएको थियो भनेर एफबीआइले बुझिरहेको बताएकी बीबीसीले उल्लेख गरेको छ ।

राचेल रोजासले अन्य साउदी विद्यार्थीहरूलाई सोधपुछ गरिए पनि पक्राउ भने नगरिएको बताइन् । बताइए अनुसार उनीहरूलाई सैन्य अखाडामा भेला पारिएको थियो र उनीहरूले अनुसन्धानकर्ताहरूलाई सघाएका थिए ।

उक्त हमलामा ज्यान गुमाउने नौसैनिकहरू २३, १९ र २१ वर्ष उमेरका छन् । अमेरिकी जलसेनाले ‘ज्यान गुमाउने सैनिकहरूले दुर्लभ साहस’ देखाएको जनाएको छ ।

आइतवारको पत्रकार सम्मेलनमा विशेष अनुसन्धानदाता रोजासले भने अहिलेसम्मको जाँचबारे केही खुलाइनन् । यद्यपि उनले ती २१ वर्षे बन्दुकधारी मोहम्मद अल्सामरानीले प्रक्रिया पुर्‍याएरै बन्दुक किनेको बताएकी थिइन् । त्यो एउटा नौ मिलिमिटरको हाते बन्दुक थियो ।

एउटा अनलाइन निरीक्षणकर्ता समूहका भनाइमा अल्सामरानीजस्ता देखिने एकजना ट्विटर प्रयोगकर्ताले बन्दुक हमला हुनुअघि शृङ्खलावद्ध रूपमा अमेरिकाविरोधी पोष्टहरू लेखेका थिए ।

अमेरिकी सञ्चारमाध्यममा जनाइएअनुसार साताको सुरुमा साँझको खाना खाने बेला गोलीकाण्डका भिडिओहरू अरूलाई देखाएका थिए । पेन्सकोलाको उक्त सैन्य अड्डाले लामो समयदेखि विदेशी सेनाहरूलाई उड्डयन तालिम दिनेगर्छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ८ : २३ बजे

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज

शेखरको आरोप : कोइराला निवासमै पसेर गगनले कारबाहीको धम्की दिए, कांग्रेसमा निरंकुशता सुरू भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु