जापानले लिएको भाषा सीप परीक्षामा शून्य नतिजा–कोटा कटौतीको सम्भावना | Khabarhub Khabarhub

जापानले लिएको भाषा सीप परीक्षामा शून्य नतिजा–कोटा कटौतीको सम्भावना


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल र जापान सरकारबीच गत चैत महिनामा भएको श्रम समझदारीअनुसार भाषा र सीप परीक्षा गत कात्तिक महिनामा सञ्चालन भएको थियो ।

उक्त भाषा र सीप परीक्षण परीक्षामा सहभागि अधिकांश परीक्षार्थी असफल भएका थिए । जापानको सरकारले नेपालबाट भाषा र सीप परीक्षा सञ्चालन गर्ने अनुमति जापान फाउन्डेसनलाई दिएको थियो ।

फाउन्डेसनले पहिलो चरणका लिएको नर्सिङ केयर गिभरको परीक्षामा सवै परीक्षार्थी असफल भएका थिए । भने एक जना परीक्षार्थीले मात्र भाषा उत्र्तीण गरेको पाइएको छ । भाषा पास गरेका परीक्षार्थीले पनि सीप परीक्षणमा असफल भए ।

उर्तीण भएका श्रमिक रोजगारीका लागि लिने व्यवस्था छ । तर, सिप परिक्षणमा पहिलो चरणमा सहभागी भएका मध्ये अधिकांश असफल भएपछि पहिलो चरणका रोजगारीका लागि जापान जाने नेपाली श्रमिकको सम्भावना अन्त्य भएको छ । रोजगारीका लागि उचित गन्तव्य मानिएको जापानामा पहिलो चरणमा नर्सिङ केयर गिभरमा जान अवसर गुमेको हो ।

जापानले लिएको भाषा र सीप परीक्षामा नतिजा राम्रो नआएको विषयबारे अध्ययन भइरहेको सरकारी निकायको भनाइ छ ।

नतिजा र समस्यका बारेमा सम्बन्धीत निकायसँग छलफल भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार शाखा प्रमुख उमेश ढुंगानाले बताए । सीप र भाषा परीक्षाको नतिजा आएपछि बजारमा हल्ला भएजस्तो जापानले कोटा नकाटने शाखा प्रमुख ढुंगानाले जानकारी दिए ।

प्रयोगात्मक कम र प्रशिक्षण केन्द्रको अभाव 

फाउण्डेसनले लिएको सीप र भाषा परीक्षामा १ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् भने, सीप परीक्षणमा सहभागी सबै परीक्षार्थी अनुत्तीर्ण भए । यसलाई हेर्दा वैदेशिक रोजगारीमा जान खोज्नेको क्षमता र नेपालको शिक्षा प्रणालीमा नै प्रश्न चिह्न खडा भएको छ । यसले नेपाली शिक्षा प्रणालीमा प्रयोगात्मक सीपको कमी देखिएको छ । जसका कारण पनि भाषा र सीप परीक्षामा धेरै असक्षम नै हुँदै आएका छन् ।

जापानले लिने भाषा तथा सीप परीक्षणमा उत्तीर्ण हुन कम्तीमा ६० अंक प्राप्त गर्नुपर्दछ ।

भाषा परीक्षामा पास भएपछि स्किल टेस्टमा परीक्षार्थी सामेल हुन पाउँछन् । सीपमा टेस्टमा पनि ६० अंक प्राप्त गरे उनीहरु उत्तीर्ण भएको मानिन्छ । सीप परीक्षामा उत्तीर्ण भएका नेपालीका परीक्षार्थीहरुले योग्यताको प्रमाणपत्र (सटिफिकेट अफ इलिजिबिलिटी) प्राप्त भए मात्र रोजगारीका जान्न पाउने व्यवस्था छ ।

जापानीज भाषा परीक्षा र सीप परीक्षाका नतिजालाई हेर्दा वैदेशिक रोजगारीमा जान चाहनेको भाषा र सीप बारे प्रस्ट हुने वैदेशिक रोजगारविज्ञ मधुविशाल पण्डितको भनाइ छ ।

‘नेपाली परीक्षाथीहरु अभ्यासमा थोरै र सैद्धान्तिक शिक्षामा बढी निर्भर रहेको यो नतिजाले देखाएको छ’ पण्डितले भने ।

सरकारले व्यवहारिक शिक्षालाई महत्व नदिँदाको परिणाम देखिएको उनको भनाइ छ ।

‘सरकारसँग रोजगारीका लागि जाने नेपाली श्रमिकलाई दिने तालिम केन्द्र नहुँदाको नतिजा हो जापानको भाषा र सीप परीक्षा’ उनले भने,‘ सरकारले रोजगारीमा जाने कामदारका लागि प्रदेशस्तरमा तामिल केन्द्र सञ्चालन गर्नुपर्छ । जसका कारण रोजगारदाता देश चाहेजस्तो दक्ष श्रमिक आपूर्ति गर्ने सकिन्छ , राज्यले श्रम सम्झौता गरेर मात्र हुँदैन । आफना श्रमिकको अवस्था पनि सुधार्नुपर्छ । रोजगारदाता देशले चाहेको श्रमिक आपूर्ति असक्षम हुदाँ विदेशी श्रम बजारमा नेपाली कामदरको छबी बिग्रन्छ ।’

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरेर सीप तालिम केन्द्र सञ्चालन गर्ने नसक्दा दक्ष र विदेशी बजारबाट माग भएअनुसारको जनशक्ति उन्पादन हुनसकेको छैन । यसरी सीप विकास तालिम केन्द्र नहुँदा रोजगारीको खोजीमा विदेशी श्रमिक अदक्ष नै वैदेशिक रोजगारीमा जान्न बाध्य छन् ।

कोटा कटौती हुने सम्भावाना 

भाषा परीक्षामा सहभासग हुन १३ हजार नेपालीले आवेदन दिएको जापान फाउन्डेसनले जनाएको छ । जसमा लक्की ड्रमार्फत १ हजार जनालाई छानेर नर्सिङ केयर गिभर र भाषा परीक्षामा सामेल गराइएको थियो । पहिलो चरणको सामान्य भाषा परीक्षामा ५ सय ९ जना छानिएकोमा ४ सय ९७ जनाले मात्र परीक्षा दिएका थिए ।

जसमा ५६ जना मात्र उतीर्ण भए । उतीर्ण भएकाहरुमध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परिक्षणमा १५ जना सहभागी भएको फाउन्डेसनले जानकारी दिएको छ ।

भाषा परीक्षामा सहभागिमध्ये १ जना मात्र पास भए भने सीप परीक्षामा कसैले पास गर्न नसकेको जापान फाउन्डेसनले जनाएको छ । जसका कारण नेपालका लागि छुटाएको कोटा कटौती हुने सम्भावाना देखिएको रोजगारविज्ञ पण्डित बताउँछन् ।

नेपालभन्दा बाहेका देशबाट फाउन्डेसनल पनि खासै सन्तुष्टी नतिजा नआएको देखिएको छ । फाउन्डेसनल इन्डोनेसियाबाट लिएको भाषा र सीप परिक्षामा सहभागि ४६ जनामध्ये १७ जनाले मात्र भाषा उत्तीर्ण गरेको पाइयो । भने सीप परीक्षामा सहभागी ४६ मध्ये २७ जना मात्र पास भएका छन् । यस्तैगरि फिलिपिन्सबाट ४७ जना परिक्षामा सहभागि भएकामा ३८ जना उत्तीर्ण भएका छन् ।

सिप परीक्षामा ५३ जना सहभागीमध्ये ४२ जना उत्तीर्ण भएको फाउन्डेसनको तंथ्याकमा छ । कम्बोडियाबाट जापानीज भाषा परीक्षामा १ सय १० जना सहभागीमध्ये ६ जना पास भएको फाउन्डेसनले जनाएको छ ।

सिप परीक्षामा १ सय १४ सहभागीमध्ये ४ जना उत्तीर्ण भएका थिए ।

जापानमा श्रमिकका अभाव हुन थालेपछि विभिन्न १४ वटा क्षेत्रका लागि ५ वर्षमा ३ लाख ४५ हजारको संख्यामा विदेशी श्रमिक भित्राउन योजना अघि सरेको थियो ।

नेपालबाट कति संख्यामा श्रमिक लैजाने भने यकिन संख्या नछुटाएपनि वार्षिक १५ हजारको नेपाली श्रमिक रोजगारीका जनाएको थियो ।

विकाशित देशले भाषा र सीपमा राम्रो परिमाण नपाएपछि कोटा कटौती गर्ने सम्भावाना हुने गरेको पण्डितको भनाइ छ ।

इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, फिलिपिन्सदेशमा नेपालको कोटा दिने सम्भावाना बढेको छ । श्रम सम्झौतामा उल्लेख भएभन्दा फरक तरिकाले कोटा कटौती नहुने प्रमुख ढुंगानाले बताएका छन् । अन्य देशको नतिजा पनि सामान्य आएका कारण कोटा कटौती नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १० : ०९ बजे

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनी– कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते

इन्टरपोलमार्फत १३ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक वर्षमा १३ जना फरार अपराधीलाई अन्तर्राष्ट्रिय

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम