नेपालगञ्जलाई उज्यालो उपमहानगर बनाउने योजना अनिश्चित « Khabarhub

नेपालगञ्जलाई उज्यालो उपमहानगर बनाउने योजना अनिश्चित


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको ‘उपमहानगर उज्यालो अभियान’ कार्यक्रम अनिश्चित बनेको छ । काठमाडौं इनर्जी कम्पनीले सम्झौताअनुरुप काम सम्पन्न गर्न नसकेपछि कार्यक्रम अन्यौलमा पर्न गएको हो ।

नेपालगञ्जको बिपी चोकमा जडान गरिएको उच्च क्षमताको बत्ती ‘हाइमास्ट’ले देशभर चर्चा पाएको थियो । यसपछि उपमहानगरपालिकाले सो कार्यलाई निरन्तरता दिँदै विभिन्न ८ स्थानमा थप बत्ती जडानका लागि प्राथमिकता दिएको थियो ।

कम्पनीले बत्ती जडानका लागि तयार गरिएको जग (फाउण्डेशन) अलपत्र अवस्थामा छाडिदिएको छ । विसं २०७६ वैशाख ३१ गते सो ठेकेदार कम्पनी र नेपालगञ्ज उपमहानगरपालिकाबीच सम्झौता भएको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले २०७६ असार २१ गतेभित्र बत्ती जडान गरिसक्नुपर्ने थियो । अहिले उपमहानगरपालिकाको ५८ लाख १६ हजार ३४३ रकम ‘फ्रिज’ भएको छ

रकम फ्रिज भएपछि ‘उपमहानगर उज्यालो अभियान’ अनिश्चित बनेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । उनले भने, ‘प्रदेश र नेपालगञ्ज उपमहानगरपालिकाको लागतमा विभिन्न स्थानमा ‘हाइमास्ट’ जडान गर्न रकम छुट्टएको हो, ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा विनियोजित बजेट फ्रिज भएको हो ।’

अहिले ठेकेदार कम्पनीले उपमहानगरपालिकासँग बत्ती जडानका लागि म्याद थप गर्न माग गरेको छ । समयमै कार्य सम्पन्न नगर्ने, सम्झौताअनुरुप पेश्की लिन डराउने ठेकेदारलाई म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा उपमहानगरपालिका अन्यौलमा छ ।

बत्ती जडानका लागि उपमहानगरपालिकाको बोर्डले छिट्टै निर्णय गर्ने र अवरुद्ध कार्य अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले जानकारी दिए ।

विनियोजित रकम फ्रिज भएपछि उपमहानगरपालिकाले स्रोतको सुनिश्चित गर्न तदारुकतासमेत देखाएको छ । सम्झौताअनुसार नेपालगञ्जको वीरेन्द्र चोक, गणेशमान चोक, भेरी अस्पताल चोक, पुष्पलाल चोक, कारकाँदो चोक, सेतुविक चोक, त्रिवेणीमोड र फुल्टेक्रा चोकमा बत्ती जडान गर्नुपर्ने हो ।

सम्झौता अवधिमा जगको काम मात्र भएको छ । सबै स्थानमा बत्ती जडान भएपछि नगर क्षेत्रमा रातिको समयमा सर्वसाधारणलाई आवागमनसँगै सवारीसाधन चलाउन सहज हुनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ११ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै