नेता नेपाल र भारतीय राजदूत पुरीबीच भेटवार्ता « Khabarhub

नेता नेपाल र भारतीय राजदूत पुरीबीच भेटवार्ता


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच भेट वार्ता भएको छ ।

नेकपाका विदेश मामला विभाग प्रमुखसमेत रहेका नेता नेपाललाई भेट्न पुरी कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए ।

भेटमा राजदूत पुरीले आफ्नो नेपाल बसाइ पूरा हुन लागेको र यसबीचमा आफ्ना कार्यकालको चर्चा गरेका थिए ।

नेता नेपाल र राजदूत पुरीबीच नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।

भेटमा भारतले जारी गरेको पछिल्लो राजनीतिक नक्सा र सीमामा देखिएको विवाद समाधान गर्ने विषयमा पनि नेता नेपाल र भारतीय राजदूत पुरीबीच अनौपचारिक छलफल भएको थियो ।

भारतले जारी गरेको नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी सभावेश गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ । त्यसबाट उत्पन्न परिस्थितिका विषय छलफल गर्न नेता नेपाल सरकारको विशेष दूतका रुपमा दिल्ली जाने तयारी भएको थियो ।

भारतीय राजनीतिक नेतृत्वसँग सिधा छलफलका लागि नेता नेपाललाई विशेष दूत बनाएर पठाउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समय नमिलेपछि नेता नेपालको दिल्ली भ्रमण रोकिएको समाचारहरु सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १ : ०३ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त