नेकपाको सचिवालय बैठक शुरु, ओली गएनन् « Khabarhub

नेकपाको सचिवालय बैठक शुरु, ओली गएनन्


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक शुरु भएको हो । बैठकमा नेकपाका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित छैनन् ।

गत शुक्रवार अस्पतालबाट डिस्चार्ज भएपछि उनी बालुवाटारमा आराम गरिरहेका छन् । उनीसँग प्रचण्डले हिजो बैठकका एजेन्डाबारे छलफल गरेका थिए ।

जारी बैठकमा समसामयिक राजनीतिक विषय तथा उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने कार्यतालिका रहेको छ ।

सचिवालयकै निर्देशन अनुरुप आइतबार उपचुनावको समीक्षात्मक रिपोर्ट पार्टी मुख्यालय पुर्‍याइएको थियो ।

मंसिर १८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’को अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्देशन अनुसार मंसिर १४ गते उपचुनाव भएका ५२ स्थानकै रिपोर्ट आइतबार पार्टी मुख्यालय पुर्‍याइएको हो ।

उपचुनाव भएका ३७ जिल्लाका ५२ स्थानकै रिपोर्ट नेकपा पार्टी कार्यालयमा आइसकेको छ।

समीक्षा रिपोर्टमा कतिपय नसोचेको स्थानमा नेकपाले जितेको तथा गढ मानिएकै ठाउँमा नेकपाले पराजय भोगेको विषयलाइ समेटिएको छ ।

नेकपा नेतृत्वले भक्तपुर प्रदेशसभा र धरान उपमहानगरपालिकाको मेयर पदको चुनावको पराजयलाई ठूलो असफलताको रुपमा लिएको छ।

दुई ठाउँ चुनावमा पराजय भोगेपछि सचिवालय बैठकले दिएको निर्देशन बमोजिम सबै रिपोर्ट केन्द्रमा आइसकेपछि सोमबार नेकपा सचिवालय बैठक बोलाइएको हो।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १ : २६ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त