दक्षिण अफ्रिकाकी तुन्जी बनिन् ‘मिस युनिभर्स’ « Khabarhub

दक्षिण अफ्रिकाकी तुन्जी बनिन् ‘मिस युनिभर्स’


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा मिस युनिभर्सको ताज २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको उपाधि जितेकी छिन् ।

जर्जियाको एटलान्टामा आइतबार सम्पन्न प्रतियोगितामा दक्षिण अफ्रिकी सुन्दरीले मिस युनिभर्सको ताज जितेकी हुन् ।

उनले महिला सशक्तीकरणका विषयमा प्रस्तुति दिएकी थिइन् । उनले आफ्नो भाषणमा युवापुस्तालाई आत्मविश्वास बनाउनुपर्ने धारणा राखेकी थिइन् ।

उनले भनिन्, ‘म यस्तो संसारमा हुर्केँ कि, जहाँ मेरो छाला र कपालको बनावट भएकी महिलालाई कहिल्यै सुन्दर मानिँदैन, तर अब यस्तो समय नरहेको मलाई लाग्छ ।’

उनले ९० प्रतिस्पर्धीलाई हराएर मिस युनिभर्सको ताज पहिरिइन् । उनलाई फिलिपिन्सकी क्याट्रीओना ग्रेले ताज पहिराइदिइन् ।

ग्रे सन् २०१८ की मिर्स युनिभर्स विजेता हुन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ३ : ३७ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत