राजीनामा अस्वीकृत भएपछि स्वास्थ्य सचिव चौधरीले फेरि दिइन् अर्को निवेदन « Khabarhub

राजीनामा अस्वीकृत भएपछि स्वास्थ्य सचिव चौधरीले फेरि दिइन् अर्को निवेदन


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीले राजीनामा माग्दै पुन: निवेदन दिएकी छन् ।

यसअघि मागेको राजीनामा अस्वीकृत भएपछि डा चौधरीले पुन: दिवेदन दिएकी स्वास्थ्य तथा जनासंख्या मन्त्री भानुभक्त ढकालले बताए ।

स्वास्थ्य सचिव डा चौधरीले यसअघि दिएको राजीनामालाई सरकारले अस्वीकृत गरिदिएको पनि मन्त्री ढकालले बताए ।

‘पहिलाको क्याविनेटले उहाँलाई यहाँबाट सरुवा गरेको थियो, प्रधानमन्त्री कार्यालय भन्दा सर्वोच्च नजिक भएको हुँदा उहाँ सर्वोच्च गएर यतै बस्नुभयो र सेवा अवधि भरी यहि नै बस्ने भनेर निर्णय गराएर ल्याउनुभयो,’ मन्त्री ढकालले भने, ‘उहाँले अन्त जागिर पाउनु भयो र जानको लागि राजीनामा लेख्नुभयो, पहिला सरुवा गर्दा यहिँ नै सेवा गर्छु बाँकी अवधिभर भनेर सर्वोच्चकै निर्णय लिएर आउनुभएकोले बीचमा बाहिर हिँड्ने कुरामा भन्दा पनि पहिलाकै उहाँको इच्छा पुरा गर्ने भनेर उहाँले दिएको राजीनामा क्याविनेटले अस्वीकृत गरिदियो ।’

राजीनामा अस्वीकृत भएपछि स्वास्थ्य सचिव डा चौधरीले केही दिन अघि स्वास्थ्य मन्त्री ढकाललाई भेटेर आफूलाई स्वास्थ्य मन्त्रालयमा काम गर्न इच्छा नभएको आशय व्यक्त गर्दै आफ्नो राजीनामाबारे पुर्नविचार गर्न निवेदन दिएकी थिइन् ।

स्वास्थ्य सचिव चौधरीले काम गर्न इच्छा नदेखाएकाले उनको राजीनामालाई आफूले सकारात्मक रुपमा लिएको मन्त्री ढकालले बताए ।

‘उहाँले काम गर्ने भन्दा विदाको वातावरण बनाइदिए हुन्थ्यो भनेर भेट्नु भयो, कुराकानी पनि भयो । राजीनामा स्वीकृत गरिदिए हुन्थ्यो भन्ने मनसायले फेरि निवेदन दिनुभएको छ,’ मन्त्री ढकालले भने, ‘उहाँले दिएको अर्को निवेदनमा राजीनामा पुर्नविचार गरिपाउँ भनेर दिनुभएको साँचो हो, मन्त्रालयको तर्फबाट सकारात्मक ढंगबाट बुझ्दा राम्रो हुन्छ भनेर माथि पठाएको छु ।’

यसअघि गतवर्षको असोजमा स्वास्थ्य सचिव चौधरीलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा सरुवा गरेको थियो ।  तर स्वास्थ्य सचिव डा चौधरीले आफू स्वास्थ्य तर्फको कर्मचारी भएको र स्वास्थ्यतर्फको दरवन्दी प्रधानमन्त्री कार्यालयमा नभएको भन्दै उनी गत वर्षको कात्तिकमा सरकारको निर्णय विरुद्ध सर्वोच्च गएकी थिइन् ।

सर्वोच्चले सकारको निर्णय फिर्ता गर्न आदेश दिएपछि स्वास्थ्य मन्त्रालयमा २ जना सचिवको रहँदै आएका छन् । स्वास्थ्य मन्त्रालयमा अर्का सचिव खगराज बराल पनि रहेका छन् ।

स्वास्थ्य सचिवले सरकारले निर्णय विरुद्ध सर्वोच्च गएदेखि नै सरकार स्वास्थ्य सचिव डा चौधरीप्रति असन्तुष्ट छ ।

स्वास्थ्य मन्त्रालयमा लामो समयसम्म सचिवको विषयमा विवादबाट निराश बनेकी स्वास्थ्य सचिव डा चौधरीले पदमै रहँदा विश्व स्वास्थ्य संगठनको भारतमा रहेको कार्यालयमा जागिर खान आवेदन दिएकी थिइन् । उनी विश्व स्वास्थ्य संगठनको जागिरमा अन्तर्वाता र लिखित परीक्षामा समेत उत्तिर्ण भइसकेकी जनाइएको छ ।

स्वास्थ्य सचिव डा चौधरीले राजीनामा दिए देखि नै स्वास्थ्य मन्त्रालयमा काममा भने आएकी छैनन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ३ : ३६ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा