गाउँपालिकामा आवश्यक नै नभएका जनशक्ति सरुवा हुँदा समस्या « Khabarhub

गाउँपालिकामा आवश्यक नै नभएका जनशक्ति सरुवा हुँदा समस्या


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यतर्फका ७ हजार कर्मचारीको समायोजन सम्बन्धी समस्या बाँकी रहेको बताएका छन् ।

सोमबार स्वास्थ्य मन्त्रालयमा पत्रकारहरुसँगको कुराकानीमा स्वास्थ्य मन्त्री ढकालले स्वास्थ्य तर्फका ७ हजार कर्मचारीको गुनासो सुनुवाइ हुन बाँकी रहेको बताएका हुन् ।

कर्मचारीहरुको गुनासो धेरै थरी भएकाले उनीहरुको समस्याका आरामा समाधान गर्न सकिने कर्मचारीको समस्या समाधान गर्ने र समाधान हुन नसक्ने कर्मचारीलाई सम्झाएर भए पनि समायोजनको गुनासो टुंगो लगाउने बताए । मन्त्री ढकालले गाउँपालिकामा आवश्यक नै नभएको जनशक्ति सरुवा भएको समेत बताए ।

‘समायोजनको विभिन्न खालका समस्या छन्, ७ हजार जति साथीहरुको समस्या छ, यो एकै प्रकृतिका छैनन्, कतिपय पद नमिलेको समस्या छन् भने कतिपय समायोजन गर्ने खालको सन्दर्भमा प्रविधिमैत्री बनौं भन्दा मानवीय पक्ष कमजोर भएको समस्याहरु पनि छन्,’ मन्त्री ढकालले भने, ‘वेहोस् बनाउने तालिम लिएका साथीहरु अहिले गाउँपालिकामा फाइल बोकेर हिड्नुपर्ने गरी सरुवा भएको अवस्था पनि छ ।’

मन्त्री ढकालले त्यस्ता प्रकृतिका समायोजनका समस्यालाई समाधान गर्न छलफल भइरहेको बताए । मन्त्री ढकालले समायोजनको समस्या समाधानका लागि हिजो (आइतबार) पनि छलफल भएको बताए ।

समायोजनको समस्या टुंग्याउन समायोजन भन्दा अगाडीको पदभन्दा तल्लो तहमा समायोजन भएका कर्मचारीको संख्या २ हजार भएको र उनीहरुको तत्काल सम्बोधन हुने पनि बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ६ : १४ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा