सागमा पदक जित्ने खेलाडीलाई प्रदेश ३ सरकारले नगद पुरस्कार दिने « Khabarhub

सागमा पदक जित्ने खेलाडीलाई प्रदेश ३ सरकारले नगद पुरस्कार दिने


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- ३ नम्बर प्रदेश सरकारले ३ नम्बर प्रदेश भित्रका १३ औं दक्षिण एशीयाली खेलकुद (साग) का विजेताहरुलाई पुरस्कार दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले जारी सागका ३ नम्बर प्रदेश भित्रका पदक विजेता खेलाडीलाई स्वर्ण पदकलाई एक लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक बिजेतालाई २५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

खेलाडीलाई प्रोत्साहन गर्न उनीहरुलाई नगद पुरस्कार दिन लागिएको हो । यसैगरी बैठकले प्रदेश अनुसन्धान व्युरो गठनका लागि सैद्धान्तिक सहमति दिने पनि निर्णय गरेको छ ।

जनता आवास कार्यक्रम कार्यान्वयन पहिलो संसोधन कार्यविधि–२०७६ को स्वीकृत गर्ने, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन कायविधि–२०७६ स्वीकृत गर्नेलगायतका निर्णयहरु गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

यसैगरी विभिन्न अस्थायी कार्यालय तथा आयोजनाको अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ७ : ३२ बजे

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया