यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी « Khabarhub

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी र बागमतीका अभिनाश सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । 

पोखरामा आइतबार सम्पन्न च्याम्पियनसिपमा ट्रयाकतर्फ गण्डकीकी अनुष्काले २ स्वर्ण, १ रजत र १ कांस्य पदक जित्दै सर्वाधिक पदक हात पारिन् । पुरुषतर्फ अभिनाशले हाईजम्पमा नयाँ कीर्तिमान कायम गर्दै सर्वोत्कृष्ट खेलाडीको उपाधि जिते । दुवैले जनही नगद रु ५–५ हजार पुरस्कार प्राप्त गरे ।

समग्र टिमतर्फ गण्डकी प्रदेश १० स्वर्ण, ५ रजत र ४ कांस्य पदकसहित च्याम्पियन बन्यो । बागमती प्रदेश ६ स्वर्ण, ६ रजत र १ कांस्य पदकका साथ दोस्रो तथा सुदूरपश्चिम प्रदेश ४ स्वर्ण, ५ रजत र २ कांस्य पदकसहित तेस्रो स्थानमा रहेको प्रतियोगिताका संयोजक गजबहादुर गुरुङले उक्त जानकारी दिएका हुन् । 

८०० मिटर पुरुषतर्फ बागमतीका हस्त सुनारले २ मिनेट २० सेकेन्डमा दौड पुरा गरी स्वर्ण जिते । लुम्बिनीका अनुप थारु २ मिनेट ०४.२६ सेकेन्डका साथ रजत र गण्डकीका सुजन नेपाली २ मिनेट ०५.६७ सेकेन्डका साथ कांश्य पदक जिते ।

महिला ८०० मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी २ मिनेट ३१.८९ सेकेन्डमा पहिलो हुँदै स्वर्ण पदक जितिन् । बागमतीकी भगवती खड्का २ मिनेट ३२.१९ सेकेन्डका साथ रजत तथा सुदूरपश्चिमकी सङ्गीता बिक २ मिनेट ३४.९२ सेकेन्डमा कांश्य पदक जितिन् ।

यसैबीच, प्रतियोगिता अन्तर्गत आइतबारबाट पोखरामा दोस्रो संस्करणको पोखरा एथलेटिक्स मिट सुरु भएको छ  । यू–२० प्रतियोगितामा सातै प्रदेशका १५४ खेलाडीले २४ इभेन्टमा सहभागिता जनाएका थिए भने पोखरा एथलेटिक्स मिटतर्फ ३० इभेन्टमा ३२२ खेलाडी सहभागी भएको संयोजक सिद्धान्त अधिकारीले जानकारी दिएका छन् । 

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ६ : ३६ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम