खसी काण्डमा मुछिएका डीएसपी शाही कोहलपुर घटनापछि जिल्ला तानिए « Khabarhub

खसी काण्डमा मुछिएका डीएसपी शाही कोहलपुर घटनापछि जिल्ला तानिए


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहलपुर- ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएका छन्।

आइतबार कोहलपुरमा भएको घटनापछि सोमबार शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएको हो। शाही यस अघि पनि खसी काण्डका कारण विवादमा मुछिएका थिए ।

सोमबार बसेको सर्वपक्षीय छलफलबाट घटनाको छानबिन गर्नको समिति बनाउन सरकारलाई आग्रह गर्ने र घाइतेहरूको उपचार खर्च सबै राज्यले व्यहोर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

प्रहरीले विद्यार्थीमाथि अनावश्यक बल प्रयोग गरी विद्यार्थीलाई गोली समेत चलाएको भन्दै प्रदर्शनकारीले तत्काल डिएसपी शाहीलाई कारबाही र सरूवाको माग गर्दै प्रदर्शन गरेका थिए ।

आइतबार बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृति चन्दलाई ट्रकले ठक्कर दिई घाइते बनाएपछि विद्यार्थीसहित स्थानीय प्रदर्शनमा उत्रिएका थिए ।

घटनामा पुगेको प्रहरीले समेत विद्यार्थीमाथि नै हातपात तथा लाठी चार्ज गरेको स्थानीयको आरोप छ । स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ७ : ४६ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त