औद्योगिक तथा व्यापारिक सम्बन्ध बढाउन जोड « Khabarhub

औद्योगिक तथा व्यापारिक सम्बन्ध बढाउन जोड


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्बर अफ कमर्शले औद्योगिक तथा व्यापारिक माध्यमबाट नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई नयाँ आयाम दिइनुपर्नेमा जोड दिएको छ ।

नेपालका लागि श्रीलङ्कका राजदूत हिमानी अरुणातिलकासँग आज भएको भेटमा चेम्बरका पदाधिकारीले नेपालमा हुने चेम्बर एक्स्पोमा श्रीलङ्काली व्यापारीको सहभागिताका लागि आग्रह गर्दै श्रीलङ्कामा हुने औद्योगिक÷व्यापारिक मेलामा नेपाली व्यवसायीको सहभागिताका लागि प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेटमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० मा समेत श्रीलङ्काबाट अपेक्षित पर्यटक नेपाल भित्र्याउन सफल हुने अपेक्षा गरे ।

सो अवसरमा राजदूत अरुणातिलकाले दुई मुलुकबीच संयुक्त आर्थिक आयोग गठन भएतापनि यसले मूर्त रुप लिन नसकेको भन्दै आयोगको सक्रियता बढाउन आफ्नो भूमिका रहने बताए ।

वस्तु व्यापारका साथै सेवा व्यापारमा समेत जोड दिँदै उनले प्रविधि बैंकिङ्क, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा द्विपक्षीय व्यापार लगानी प्रवद्र्धनमा लागिपर्ने बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ९ : ३० बजे

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया