औद्योगिक तथा व्यापारिक सम्बन्ध बढाउन जोड « Khabarhub

औद्योगिक तथा व्यापारिक सम्बन्ध बढाउन जोड


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्बर अफ कमर्शले औद्योगिक तथा व्यापारिक माध्यमबाट नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई नयाँ आयाम दिइनुपर्नेमा जोड दिएको छ ।

नेपालका लागि श्रीलङ्कका राजदूत हिमानी अरुणातिलकासँग आज भएको भेटमा चेम्बरका पदाधिकारीले नेपालमा हुने चेम्बर एक्स्पोमा श्रीलङ्काली व्यापारीको सहभागिताका लागि आग्रह गर्दै श्रीलङ्कामा हुने औद्योगिक÷व्यापारिक मेलामा नेपाली व्यवसायीको सहभागिताका लागि प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेटमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० मा समेत श्रीलङ्काबाट अपेक्षित पर्यटक नेपाल भित्र्याउन सफल हुने अपेक्षा गरे ।

सो अवसरमा राजदूत अरुणातिलकाले दुई मुलुकबीच संयुक्त आर्थिक आयोग गठन भएतापनि यसले मूर्त रुप लिन नसकेको भन्दै आयोगको सक्रियता बढाउन आफ्नो भूमिका रहने बताए ।

वस्तु व्यापारका साथै सेवा व्यापारमा समेत जोड दिँदै उनले प्रविधि बैंकिङ्क, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा द्विपक्षीय व्यापार लगानी प्रवद्र्धनमा लागिपर्ने बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ९ : ३० बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको