सीके राउतसँग द्विअर्थी सहमति : राउत भन्छन् राज्यले जनमतसंग्रह स्वीकार्यो, सरकार भन्छ यो सहमतिमा उल्लेख छैन « Khabarhub

सीके राउतसँग द्विअर्थी सहमति : राउत भन्छन् राज्यले जनमतसंग्रह स्वीकार्यो, सरकार भन्छ यो सहमतिमा उल्लेख छैन


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकार र मधेशलाई छुट्टै राज्य बनाउनुपर्ने माग गर्दै आन्दोलनमा रहेका सीके राउत समूहबीच ११ बुदे सहमति भएको छ । तर सरकार र राउत समूहले गरेको एउटै सहमतिलाई उनीहरुको व्याख्याले भने दुई अर्थ लाग्ने देखिएको नयाँ पत्रिकामा खबर छ ।

११ बुँदे सहमतिपछि शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीकै अगाडि राउतले जनमतसंग्रहको सम्प्रभुतालाई राज्यले स्वीकार्यो भनेका छन् । उनले अबको आफ्नो कार्यदिशा जनमतसंग्रह तर्फ नै रहेको बताएका छन् । तर, प्रधानमन्त्री ओलीले मूलधारको राजनीतिमा राउत आएको भन्दै उनको प्रशंसा गरे । राउतले उठाएको जनमतसंग्रहको बारेमा केही बोलेनन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने सीके राउतसमूहलाई संविधानअुनसार शान्तिपूर्ण मूलधारको राजनीतिमा आउन सहमति गरेपनि सहमतिका ११ बुँदामा कहिँपनि जनमत संग्रह उल्लेख नगरेको बताएका छन् ।

त्यस्तै विवादित अन्सारीबारे सुनुवाइ समिति निर्णय गर्न असफल शीर्षकको समाचारमा संवैधानिक परिषदबाट मुस्लिम आयोगको अध्यक्षमा सिफारिस समिम अन्सारीबारे निर्णय लिन संसदीय सुनुवाइ समिति असफल भएको छ । सिफारिस गरेको ४५ दिनसम्म सुनुवाइ समितिले निर्णय नगरेपछि योग्याता विवादमा परेका अन्सारी आयोगको अध्यक्ष बन्ने बाटो खुलेको हो । अब सरकारले चाहे अन्सारी मुस्लिम आयोगको अध्यक्ष बन्ने छन् ।

त्यस्तै ९३ स्थानीय तहले फेरे नाम र केन्द्र शीर्षकको समाचारमा ५५ स्थानीय तहले केन्द्र, १७ ले नाम र २१ ले दुवै परिवर्तन गरेका छन् । केन्द्र फेर्नेमा गाउँपालिका धेरै छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ६ : ५३ बजे

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को

महिलामाथि कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ

सिरहा– सिरहामा दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई

बाघको संरक्षणमा जोड

रौतहट– बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ– गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर

केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो हावा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल