‘प्रधानमन्त्रीले सर्वसत्तावादी शासन व्यवस्थाको झल्को दिए’ | Khabarhub Khabarhub

‘प्रधानमन्त्रीले सर्वसत्तावादी शासन व्यवस्थाको झल्को दिए’


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सर्वसत्तावादी शासन व्यवस्थाको झल्को दिन थालेको बताएका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघ गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा नेता कोइरालाले वाईडबडी खरिद प्रकरणमा रवीन्द्र अधिकारी निर्दोष छन भन्ने अभिव्यक्ति दिएर यस्तो झल्को दिएको आरोप लगाए ।

‘रवीन्द्र अधिकारीको दाहसंस्कार नहुँदै उनी निर्दोषी भनेर फैसला गर्ने प्रम न्यायाधीश ? यो अधिकार उहाँलाई कसले दियो?’ निक्कै आक्रोशित देखिएका कोइरालाले भने, ‘चाहे जतिसूकै ठूला नेता हून वाइडबडी, बुढीगण्डकी अथवा एनसेल प्रकरणमा दोषी छ भने कानूनी कठघरामा ल्याईनूपर्छ। पदमा बसेको व्यक्ति जिम्मेवार हुनुपर्छ । जथाभावी बोल्न मिल्दैन ।’

कोइरालाले समयमै पार्टीको १४औं महाअधिवेशन गरिनुपर्ने बताएका छन् । उनले महाधिवेशन गर्न ढिला भए पार्टी कमजोर बन्ने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरेले विधान अनुसार हिंड्न नसकेकाले पार्टी संकटमा पूगेको बताए। घिमिरेले ३२ बर्षे उमेर हद लगाएर नेबिसंघको केन्द्रिय समिति बनाइनुपर्ने आफ्नो धारणा रहेको सुनाए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ८ : ४७ बजे

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर