‘प्रधानमन्त्रीले सर्वसत्तावादी शासन व्यवस्थाको झल्को दिए’ « Khabarhub

‘प्रधानमन्त्रीले सर्वसत्तावादी शासन व्यवस्थाको झल्को दिए’


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सर्वसत्तावादी शासन व्यवस्थाको झल्को दिन थालेको बताएका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघ गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा नेता कोइरालाले वाईडबडी खरिद प्रकरणमा रवीन्द्र अधिकारी निर्दोष छन भन्ने अभिव्यक्ति दिएर यस्तो झल्को दिएको आरोप लगाए ।

‘रवीन्द्र अधिकारीको दाहसंस्कार नहुँदै उनी निर्दोषी भनेर फैसला गर्ने प्रम न्यायाधीश ? यो अधिकार उहाँलाई कसले दियो?’ निक्कै आक्रोशित देखिएका कोइरालाले भने, ‘चाहे जतिसूकै ठूला नेता हून वाइडबडी, बुढीगण्डकी अथवा एनसेल प्रकरणमा दोषी छ भने कानूनी कठघरामा ल्याईनूपर्छ। पदमा बसेको व्यक्ति जिम्मेवार हुनुपर्छ । जथाभावी बोल्न मिल्दैन ।’

कोइरालाले समयमै पार्टीको १४औं महाअधिवेशन गरिनुपर्ने बताएका छन् । उनले महाधिवेशन गर्न ढिला भए पार्टी कमजोर बन्ने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरेले विधान अनुसार हिंड्न नसकेकाले पार्टी संकटमा पूगेको बताए। घिमिरेले ३२ बर्षे उमेर हद लगाएर नेबिसंघको केन्द्रिय समिति बनाइनुपर्ने आफ्नो धारणा रहेको सुनाए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ८ : ४७ बजे

जेन-जी प्रदर्शनकारीमाथिको मुद्दा फिर्ता लिन प्रतिवेदन गृह मन्त्रालय पठाइने

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन