सगरमाथा आधार शिविरका मनमोहक दृश्य « Khabarhub

सगरमाथा आधार शिविरका मनमोहक दृश्य



काठमाडौं-नेपाललाई चिनाउने विश्वको छानो सगरमाथा प्रकृतिको अनुपम उपहार हो। नेपालीलाई नेपालको नागरिक भनेर नचिन्नेले पनि सहजै ‘एभरेस्ट’को देशको नागरिक भनेर चिन्छन् । त्यसैले नेपालीको पहिचानका लागि सबैभन्दा ठूलो सम्पदा नै सगरमाथा हो ।

विश्वको सर्वोच्च शिखर हामीमाझ हुनु अर्को हाम्रो गौरव हो। जसले विश्वको ध्यान आकृष्ट गरेको छँदैछ, त्यसमाथि यहाँका प्राकृतिक मनोरमका छटामा मोहित नहुने सायदै नहोलान् ।

सबैलाई मोहित पार्ने पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म तहरै फैलिएका मोती झै चम्किला हिमालको दृश्यले जोकोहीलाई स्वर्गको अनुभूति गराउँछ। हिमालको सुन्दरता तस्वीरमा हेर्न जति सजिलो छ, नजिक पुगेर दृश्यावलोकन गर्नु त्यति सहज छैन् ।

सगरमाथा आधार शिविर (५३६४ मिटर) मा पाल । पर्यटकहरु यहाँ वसन्त ऋतुको पर्खाइमा पालमा २ महिनासम्म बिताउने गरेका छन् ।

हामीले कल्पना गरेको स्वर्गजस्तै लाग्ने सगरमाथाको अवलोकन अझै कठिन र चुनौतिपूर्ण छ । आफैं पुगेर सगरमाथाको मनोरम दृश्य हेर्न भोक-प्यास, उकाली-ओराली, दुःख कष्टको सामना गर्नुपर्छ ।

उद्देश्यहीन गन्तव्यले लक्ष्य प्राप्ति हुँदैन । तीव्र इच्छाशक्ति छ भने सपना साकार हुन समय पनि लाग्दैन । धेरैले सर्वोच्च शिखर सगरमाथा चढ्ने सपना देखेका हुन्छन् नसके कम्तिमा सगरमाथाको आधार शिविर (५,३६४ मिटरको उचाई)मा भएपनि पुग्ने धोको राख्छन् । यो धोको पूरा गर्न सपना पालेर मात्रै हुँदैन साकार पार्न यात्रामा निस्किनै पर्छ । जसका लागि त्यहाँको वस्तुस्थिति र अवस्थाका बारेमा पनि पूर्व जानकारी लिनु अनिवार्य हुन्छ ।

ईबीसीमा देखिएका पालहरु । पृष्ठभूमिमा लिङट्रेन हिमाल (६७४९ मिटर) देख्न सकिन्छ । हरेक पालमा केबल २ जनामात्र बस्न सक्छन् । ईबीसी खुम्बु हिमझरनाबाट देख्न सकिन्छ । हरेक वर्ष यहाँ २,५०० पदयात्री तथा आरोही आउने गर्छन् ।

आधार शिविरबाट विश्वकै अग्लो सगरमाथ (८,८४८ मि.) नजिकबाट छर्लङ्ग देखिन्छ । सगरमाथाको शिखर चुम्नु जति मुस्किल छ त्यति असहज एभरेष्ट बेसक्याम्पको यात्रा हुँदैन । त्यसैले एभरेष्ट बेसक्याम्प (ईबीसी) सम्मको गन्तव्य पर्वतारोहीलगायत सबैका लागि लोकप्रिय बन्दै गएको छ।

शेर्पा सँस्कृति, हिम झरनाको दृश्य, ऐतिहासिक बौद्ध गुम्बाको दर्शन तथा हिम नदीहरुको मनोरम दृश्यले ईबीसीको यात्रालाई थप रोचक बनाउँछन् । त्यसैले पनि धेरै पदयात्रीका लागि ईबीसीको पदयात्रा उच्च प्राथमिकतामा पर्नेगर्छ । ईबीसीमा पदयात्रीहरु लामो समयसम्म बसिरहन भने पाउँदैनन् । सगरमाथा आरोहीले भने सगरमाथाको शिखर चुम्नुअघि त्यहाँ केही दिन बिताउँछन् ।

उज्याला पालहरु, पृष्ठभूमिमा पुमोरी हिमाल (७१६१ मिटर) ईबीसीमा रातको समयमा तापक्रम न्यूनतम माइनस २० डिग्री सेल्सियससम्म पुग्छ ।

हजारौँ पदयात्री हरेक वर्ष ईबीसीसम्म पुग्ने गर्छन् । समय र उर्जाको बचत चाहेन पदयात्रीले काठमाडौँबाट सोझै लुक्लाका लागि उडान भर्दै ईबीसीसम्मको यात्रा तय गर्ने विकल्प पनि छ ।

भरियाहरु बेसक्याम्पमा ग्याँसको सिलिण्डर बोकेर लैजाँदै । पदयात्रीहरुले ईबीसीमा खाना बनाउन पछिल्लो एक दशकयता ग्याँसको सिलिण्डरको प्रयोग गर्दै आएका छन् । २ वटा ग्याँसको सिलिण्डर सगरमाथाको क्याम्पसम्म लैजाने गरिएको छ ।
ईबीसीमा देखिएको हेलिकोप्टर । पदयात्रीहरु सगरमाथाको मनोरम दृश्यावलोकनका लागि हेलिकोप्टरको पनि पनि प्रयोग गर्दै आएका छन् । त्यसबाहेक हेलिकोप्टर उद्धारकार्यका लागि पनि प्रयोग हुने गरेको छ ।
नुप्त्से हिमाल (७८६१ मिटर)को श्रृङ्खलाबाट देखिएको सूर्योदयको दृश्य ।
पदयात्राका क्रममा पर्यटकहरु खुम्बु हिमझरनालाई घुमेर पार गर्दै । सगरमाथाको आरोहण गर्नुअघि हरेक आरोहीले कम्तीमा २ पटक खुम्बु झरना घुमेर पार गर्नुपर्छ ।
सगरमाथाको शिखर आरोहणका लागि तालिम गर्दै आरोहीहरु । तालिममा आरोहीहरु सगरमाथा अरोहण गर्दा प्रयोग गर्ने उपकरण चलाउन सिक्छन् ।
पदयात्राको अन्त्यमा भरियाहरुले सामान हेलिप्याडमा लैजाँदै ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १ : ४१ बजे

गोरखामा मरुवा सङ्क्रमणका कारण चैते धानमा क्षति

गोरखा – गोरखामा व्यावसायिक रूपमा लगाइएको चैतेधानमा मरुवा रोगको सङक्रमण

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको