उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकार पक्राउ « Khabarhub

उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकार पक्राउ


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

विसं २०७३ ज्येष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए । केडिया अपहरणको मुख्य योजनाकार पाशवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

उgले सिमापारीबाट आएका संदिग्ध व्यक्तिले आपराधिक घटना घटाउन योजना बनाएको गोप्य सूचनाको आधारमा गाउँपालिका–५ भिष्वामा कारवाही गर्दा पाशवन र महतो फेला परेको बताए ।

पक्राउ परेका पाशवान र महतोविरुद्ध बारा जिल्ला अदालतमा अपहरण, शरीर बन्धक, सङ्गठित अपराध, हातहतियार तथा खरखजाना मुद्दा रहेकाले आवश्यक कारवाहीका लागि दुबै अभियुक्तलाई बारा प्रहरीको जिम्मा लगाइने उपरीक्षक ढकालले सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेका पाशवानले केडिया अपहरणको योजना बनाएको स्वीकार गर्दै प्रतिबन्धित लागुऔषध खरीद गर्न नेपाल आउने क्रममा पक्राउ परिएको बताए । अपहरणमा परेका केडियालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतको मोतिहारीबाट उद्धार गरिएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १ : १५ बजे

अन्तर्राष्ट्रिय अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

किमाथाङ्का– सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ मानेभञ्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याली गोल्ड

खोलामा बगेर एक महिला बेपत्ता

धनगढी– खोलामा बगेर अछामकी एक महिला बेपत्ता भएकी छिन् ।

लेक लागेर श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

लमजुङ – दसैँको समयमा लमजुङको ऐतिहासिक पर्यटकीय मेमेपोखरी ९४,८०० मि.०

अविरल वर्षाका कारण धान डुबानमा, किसान चिन्तामा

कैलाली– गत वर्ष यहाँका किसानले धान भित्र्याउँनै लाग्दा अविरल वर्षाका कारण

राप्ती नदीको सतह उच्च, अग्लो ठाउँमा गएर बस्न आग्रह

खजुरा- तीन दिनको झरीसँगै आज बिहानदेखि परेको भीषण वर्षाले राप्ती