इस्लाम धर्मको अपमान गर्नेलाई मलेशियामा १० वर्षको जेल सजाय « Khabarhub

इस्लाम धर्मको अपमान गर्नेलाई मलेशियामा १० वर्षको जेल सजाय


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मलेशियामा इस्लाम धर्मको अपमान गरेको अभियोगमा एकजनालाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

मलेशियाको एक अदालतले एक व्यक्तिलाई सामाजिक सञ्जालको अनुचित प्रयोग गरी इस्लाम धर्म तथा इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको अपमान गरेको १० अभियोगमा दोषी ठहर गर्दै १० वर्षको सजाय सुनाएको मलेशियाका प्रहरी प्रमुख मोहम्मद फुजी हारुन जनाएका छन् ।

सजाय पाउने मानिसको पहिचान भने सार्वजनिक गरिएको छैन ।

इस्लाम धर्मको अपमान गरेको अभियोगमा मलेशियामा ५० हजार रिङ्गिट जरिवाना तथा १ वर्ष जेल वा दुबै सजाय हुनसक्ने प्रावधान छ । अदलतले सुनाएको पछिल्लो जेलसजायलाई भने निकै कठोर सजायको रुपमा हेरिएको छ ।

अदालतले एक जनालाई १० वर्षको जेल सजाय सुनाएको भएपनि अर्का एक सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि इस्लाम धर्मको निन्दा गरेको अभियोगमा दोषी ठहर गरेको छ । यसै अभियोगमा अन्य दुई जनालाई भने अदालतले रिहा गर्न आदेश दिएको छ । दोषी ठहर भएका अर्का व्यक्तिलाई भने आगामी सोमबाट सजाय सुनाइनेछ ।

मुुसलमान धर्मावलम्बीको बाहुल्यता रहेका मलेशियामा पछिल्लो समययता धार्मिक उग्रवाद, जातीय तथा धार्मिक असहिष्णुता बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ४ : ०६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४