उपत्यकाबाट १९ मेट्रिक टन फोहर सङ्कलन | Khabarhub Khabarhub

उपत्यकाबाट १९ मेट्रिक टन फोहर सङ्कलन


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकाका नदी र चक्रपथ सफाइ गरी १९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय तहले व्यवस्थापन गर्दै आएका छन् ।

स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारी साधन प्रयोग भएको आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।

वाग्मती सफाइ महाअभियानको ३०४औँ हप्तामा टेकु दोभानस्थित वाग्मती पुलक्षेत्रको नदी किनारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पूर्व राजदूत भिक्ट्रीशम्शेर राणा, सफाइ अभियानकर्मीलगायत ४०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

गुह्येश्वरीमाथिको नदी सफाइको २६५औँ हप्तामा गोकर्णेश्वर नगरपालिका– ५ र कागेश्वरी मनोहरा नगरपालिका–८ को सीमास्थित गोठाटार पुलमुनिको नदी किनार सफाइ गरिएको थियो ।

रुद्रमती सफाइ अभियानको २५९ हप्तामा रातोपुल–कालोपुल–शहीदमार्गसम्ममको क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो ।

विष्णुमती सफाइको २३१औँ हप्तामा तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकबाट मानसिंह माध्यमिक विद्यालयसम्म सफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो ।

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा ११४औँ हप्ताको सफाइ गरियो । एक सय १५ जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

चक्रपथ सफाइको १००औँ हप्ता

चक्रपथ सफाइ अभियानको १००औँ हप्तामा बसुन्धरामा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारको मात्र सक्रियताले सरसफाइ एवं वातावरण संरक्षणमा काम गर्न नसकिएकामा नागरिकस्तरबाट भएको अभियानले सहयोग पुगेको बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ४ : ५४ बजे

ताप्लेजुङको घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा

प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

हुम्ला– सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै

चालु आर्थिक वर्षको चौमासिक अवधि  ः २५ स्थानीय तह अझै बजेटविहीन

काठमाडौं– चालु आर्थिक २०८२–०८३ को चार महिना पूरा भए पनि

भोजपुरको खकुवाखोलामा पुल बनेपछि स्थानीयलाई सहज

भोजपुर– ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका भोजपुरका

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि