रक्षामन्त्रीको आरोप– विदेशी शक्तिले केही नेतालाई बोलाएर प्रशिक्षण दिइरहेका छन् « Khabarhub

रक्षामन्त्रीको आरोप– विदेशी शक्तिले केही नेतालाई बोलाएर प्रशिक्षण दिइरहेका छन्


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा द्वन्द्वको खेती गर्नेहरु विफल बन्दै गएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री पोखरेलले भने, “मुलुकमा द्वन्द्वको खेती गरेर अस्थिरता मच्चाउने र सरकारलाई कमजोर बनाउने शक्तिहरु विफल बन्दै गएका छन् ।”

विदेशी शक्तिले केही पार्टीका नेतालाई आफ्नो देशमा बोलाएर प्रशिक्षण दिने र अस्थिरता सिर्जना गर्ने गतिविधि भइरहेको उनले बताए । “द्वन्द्वकाल अघिपछिका मुद्दा उठाएर पार्टी र सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको छ”, उनले भने, “त्यसो चालबाजी हामीलाई थाहा छ, देशका सबै समस्या समधान गर्न सरकार समक्ष छ ।”

भर्खरै सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको चर्चा गर्दै उनले यसले मुलुक निर्माणमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे । आगामी आर्थिक वर्षमा वृद्ध भत्ता ५ हजार रुपैयाँ बनाइने बताउँदै रक्षामन्त्री पोखरेलले भने, “नेकपाले चुनावताका गरेका घोषणा पूरा गर्छ ।”

हाल समृद्धिको जग बसाउने काम भइरहेकाले आगामी दिनमा समृद्धिको यात्राले क्रमशः पूर्णता पाउँदै जाने उनको भनाइ थियो । मुलुकको दुई ठूला कम्युनिष्ट पार्टी बीचको एकता कम्युनिष्टको विरोध गर्ने शक्तिको टाउको दुखाइको विषय बनेको उनले बताए ।

“कम्युनिष्टबीचको एकता अहिले टाउको दुखाइको विषय बनेको छ”, उनले भने, “केही स्वार्थपरक तत्व एकतामा भाँजो हाल्न लागि परेका छन् । त्यो असफल हुने निश्चित छ ।”

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ६ : ०६ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको