स्थानीय तहले नै दिन्छन् विप्लवलाई चन्दा, गृहमन्त्री भन्छन्– दिनेलाई कारबाही हुन्छ | Khabarhub Khabarhub

स्थानीय तहले नै दिन्छन् विप्लवलाई चन्दा, गृहमन्त्री भन्छन्– दिनेलाई कारबाही हुन्छ


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई चन्दा दिनेमाथि पनि कारबाही हुने बताएका छन् ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन कर्णालीको राजधानी वीरेन्द्रनगर पुगेका गृहमन्त्री बादलले विप्लवलाई चन्दा दिनेलाई पनि कारबाही हुने चेतावनी दिएका हुन् ।

सुरक्षा गोष्ठीपछि आयोजित पार्टी कार्यकर्ता भेलामा गृहमन्त्री थापाले भने, ‘अहिले स्थानीय तहका जनप्रतिनिधिले पनि आफ्नो बजेटबाट उक्त समूह (विप्लव)लाई चन्दा दिने भन्ने सूचना हामीले पाएका छौं । डर र धम्कीका कारण चन्दा दिइने भन्ने कुरा आएको छ । चन्दा लिनेलाई त हामीले कारबाही गरि नै रहेका छौं । अब चन्दा दिनेलाई पनि कारबाही हुन्छ ।’

गृहमन्त्री थापाले कुनै पनि व्यक्ति तथा समूहले चन्दा मागे त्यसको जानकारी प्रहरी र स्थानीय प्रशासनलाई गराउनुपर्ने पनि बताए ।

विप्लव नेतृत्वको नेकपाले गठन गरेको भनिएको समानान्तर सरकारलाई स्थानीय तहबाटै चन्दा जाने गरेको सूचना आफूकहाँ आएको गृहमन्त्रीको भनाइ थियो । ‘स्थानीय तहमा आएको बजेट योजना छुट्याउँदा उनीहरुलाई पनि दिने गरेको भन्ने सूचना हामीले पाएका छौं,’ गृहमन्त्री थापाले भने, ‘समानान्तर सरकार भनिएको छ, राज्यले कुनैपनि समानान्तर सरकारलाई मान्यता दिँदैन । उनीहरुलाई कानूनअनुसार कारबाही हुन्छ ।’

स्थानीय जनप्रतिनिधिले डर र धम्की तथा अन्य कारणले पनि चन्दा दिइरहेको भन्ने जानकारी पाएको बताउँदै गृहमन्त्री थापाले भने, ‘चन्दा माग्नेलाई त कारबाही गर्ने कुरा छँदै छ, अब दिनेलाई पनि कारबाही गरिन्छ ।’

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ७ : १० बजे

कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव

दुबई- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२८ मा संयुक्त राष्ट्रसङ्घको

चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न राष्ट्रपतिको निर्देशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न

सहकारीमार्फत ठगी गरेको आरोपमा पर्वतमा ८ सञ्चालक पक्राउ

कुश्मा- सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुई वटा सहकारी संस्थाका

दुबईमा प्रधानमन्त्री प्रचण्ड र क्युबाली राष्ट्रपति डियाज-कनालबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्युबाका राष्ट्रपति मिगुएल डियाज-कनालबीच

बालकृष्ण खाणको मुद्दा : उच्चमा बहुमत नजुटे सर्वोच्च जाने

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनका दुई